नेपाली युवालाई रोजगारीमा लैजान थप ५ देशसँग सरकारले प्रस्ताव गर्ने

Published Date: January 30, 2016

abrसरकारले नेपाली युवालाई रोजगारीमा लैजाने गरी अवसर दिन थप ५ वटा देशसँग औपचारिक प्रस्ताव गर्ने भएको छ । नेपाली युवाको नयाँ रोजगार गन्तब्य बन्न सक्ने भनी पहिचान गरिएका ५ वटा मुलुकमा नेपाली कामदार लैजाने गरी छलफल अघि बढाउन लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

तीनवटा देशसँग भने तत्कालै नेपाली कामदार लैजाने गरी समझदारी (एमओयु) गर्ने सरकारको तयारी छ । त्यसरी नयाँ रोजगारी खुल्न लागेका देशहरुमा क्यानडा, सिंगापुर, पोल्याण्ड, रसिया र फिनल्याण्ड छन् । ती देशहरुमा कोरियामा जस्तै सरकारी निकायबाटै नेपाली कामदार लिने गरी छलफल अघि बढाउन लागिएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डअन्तरगतको नयाँ बजार खोजी तथा पुराना बजार व्यवस्थापन उच्चस्तरीय समितिका संयोजक डा. हरि लम्सालले बताउनुभयो ।
नयाँ पहिचान भएका मध्ये क्यानडाले नेपाली कामदार लिन सक्ने सम्भावना बढी देखिएको बताइएको छ । क्यानडामा दक्ष कामदारहरुको माग उच्च भएकाले सीप भएका नेपाली कामदार पठाउनेबारे अब सरकारी तहमै छलफल गरिनेछ । नयाँ रोजगारी खुल्न लागेका देशहरुमा क्यानडा, सिंगापुर, पोल्याण्ड, रसिया र फिनल्याण्ड छन् ।
समितिले नेपाली कामदार पठाउन सकिने भनेर तयार गरेका मुलुकको प्रारम्भिक सूचीमा केही अफ्रिकी मुलुकसम्म छन् । जसमा डक्टर, इन्जिनियर लगायत दक्ष कामदारको उच्च माग छ । केन्या, दक्षिण अफ्रिका लगायतका मुलुकमा दक्ष नेपाली कामदार जान सक्ने सम्भावना देखिएको समितिको ठहर छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...