कतारमा राष्ट्रिय कलाकारहरुको साथमा नयाँ बर्ष शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रर्मको आयोजना गरिदै

Published Date: January 31, 2016
 12650359“हिमाल, पहाड, तराई एकताको कामना, सम्बृद समाज निर्माण सु.प।.समाजको चाहना” भन्ने मुल नारा बोकेर गठन भएको सुदूर पश्चिम सेवा समाज कतारको बैठक गत २९ जनवरी २०१६ शुक्रबारका दिन दोहा स्थित टपफम होटलमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अमृत शाहीको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा संस्थाका पदाधिकारी र कतारमा कार्यरत स्थानिय कलाकारहरु गायक गंगा दत्त गिरी, खडक रावल, रामबाबु बोहरा, निषा ढकाल, लोकेष बि।सी।, रिमा क्षेत्री, रिमा लामा, बारिश बम्जान, पारु मगर लगायत संस्थाका पदाधिकारीहरुको बिशेष उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको सन्चालन संस्थाका महासचिब महेश कार्कीले गरेका थिए भने सल्लाहकारहरु नरेन्द्र भाट र देबराज अबस्थी कार्यसमिती सदस्य अलिबाबुले आ-आफ्नो मन्तव्य राखेका थिए । आगामि ०५ फेब्रुअरी २०१६ शुक्रबारका दिन चर्चित लोकदोहोरी गायिका देबिका के।सी। को बिशेष उपस्थितीमा गायक गंगा दत्त गिरी र युबराज छन्त्याल लगायत दर्जनौ कलाकारको जोडदार प्रस्तुती रहने गरी आयोजना गरेको नयाँ बर्षको शुभकामना आदानप्रदान तथा बिबिध साँस्कृतिक र बनभोज कार्यक्रमंलाई भब्यतका साथ सफल बनाउनु अन्तिम रुपरेखा तयार पार्नु सो बैठक बसेको संस्थाका महासचिब महेश कार्कीले जानकारी दिए ।
126ni
उक्त नयाँ बर्षको शुभकामना आदानप्रदान तथा बिबिध साँस्कृतिक र बनभोज कार्यक्रमंमा धमाकेदार देउडा दोहोरी हुने पनि कार्कीले हामीलाई जानकारी दिएका छन । सुदूर पश्चिमको कला साँस्कृतिको जगेर्ना गर्दै पर्यटकीय क्षेत्रहरुलाई देश बिदेशमा चिनाउनु र प्रबाशमा भईपरी आउने समस्यालाई समाधान गर्ने तथा कतार भरि छरिएर रहेका सम्पूर्ण सुदूर पश्चिम बाशीहरुलाई एकताको सुत्रमा बाध्ने उदेश्यका साथ “हिमाल, पहाड, तराई एकताको कामना, सम्बृद समाज निर्माण सु।प। समाजको चाहना” भन्ने मुल नारा बोकेर गठन भएको सुदूर पश्चिम सेवा समाज कतारले आयोजना गरेको ंनयाँ बर्षको शुभकामना आदानप्रदान तथा बिबिध साँस्कृतिक र बनभोज कार्यक्रमंमा कतारमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भएर भब्यताका साथ सफल पारी दिनु हुन लागि अनुरोध गरेको छ ।


----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...