पत्रकार उपचारका लागि बसन्त फिल्म्स कतारले गर्यो सहयोग रकम हस्तान्तरण

Published Date: February 6, 2016

यज्ञमुर्ति तिमल्सिना, पाल्पा  ।

श्रीनगर एफएममा कार्यरत पत्रकार दिपक भट्टराईको उपचारका लागि बसन्त फिल्मस् कतारले १ लाख १८ हजार २ सय ६५ रुपियाँ हस्तान्तरण गरेको छ । pic deepak

शुक्रवार प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको कार्यकक्षमा आयोजित एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरियो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिना, प्रमुख अनुसन्धान अधिकृत सुदिप अधिकारी, बसन्त फिल्मस्का महासचिव मोहन शाह, सदस्य बिक्रम बुढाथोकी, पत्रिकाका प्रधानसम्पादक भगवान भण्डारी, सम्पादक यज्ञमूर्ति तिमिल्सिना, गैरसरकारी संस्था महासंघका अध्यक्ष भेषराज तिमिल्सनाले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गर्नुभयो । पत्रकार दिपकको पेटमा समस्या भएपछि हाल उनि  दिल्ली स्थित मेदान्त अस्पतालमा उपचारार्थ  छन् । ‘पत्रकारको उपचारमा खर्च अभाव’ भन्ने समाचार पाल्पा समाचारपत्र साप्ताहिकमा प्रकाशन भएपछि बसन्त फिल्मस्का संस्थापक इश्वर काफ्ले सहित कतारमा रहेका युवाहरुले सहयोग अभियान चलाएका थिए ।

उक्त रकम हस्तान्तरणका क्रममा बोल्दै  पाल्पा समाचारपत्रका प्रधानसम्पादक भगवान भण्डारी, बसन्त फिल्मस्का महासचिव मोहन शाह, पत्रकार दिपक भट्टराई, पत्रिकाका सम्पादक यज्ञमूर्ति तिमिल्सिना लगायतले एउटा पाल्पाली पत्रकारलाई बचाउने अभियानमा लागेको भन्दै कतारमा रहेको बसन्त फिल्मस्का सदस्यहरुलाई हृदय देखि नै धन्यवाद दिएका थिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बसन्त फिल्मस्का युवाहरुको यो कार्य सराहनीय भएको बताउनुभयो । उहाँले यस्तै अभियान अरु संस्थाले पनि चलाउने हो भने पत्रकार भट्टराईको उपचारका लागि सहज हुने बताउनुभयो । सहयोग रकम प्राप्त हुनासाथ पत्रकार भट्टराई दिल्ली प्रस्थान गरेको जनाइएको छ ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...