गजल
कल्पना पौडेल ” जिज्ञासु ” 
गैडाकोट ४ नवलपरासी
हाल = इजरायल

गैडाकोट ४ नवलपरासी
हाल = इजरायल
गुडमै छोडी निस्केकी थिए जुटाउन चारा तिमीलाई
धिक्कारछ सकिन पिलाउन दूधको धारा तिमीलाई ।
धिक्कारछ सकिन पिलाउन दूधको धारा तिमीलाई ।
निष्ठुरी थी आमा भनी कहिल्यै नसोच्नु छोरा तिमीले
भेटेर बताउनेछु मेरो त्यो बाध्यता सारा तिमीलाई ।
भेटेर बताउनेछु मेरो त्यो बाध्यता सारा तिमीलाई ।
सुन्दर भबिस्य दिन्छु भन्दा छुट्यो मातृ वात्सल्य
सायद लाग्न सक्छन यी बातहरु नारा तिमीलाई ।
सायद लाग्न सक्छन यी बातहरु नारा तिमीलाई ।
सामान्य जीवन दिएकैछु आफु अंगारमा जलेर यहाँ
नसके नि दिन टिपेर आकासको तारा तिमीलाई ।
नसके नि दिन टिपेर आकासको तारा तिमीलाई ।
कति दुख्छ मुटु पिडा हुन्छ अति सन्तानको वियोगमा
संगाल्दैछु देखाउन बगेका आसुँको रारा तिमीलाई ।
संगाल्दैछु देखाउन बगेका आसुँको रारा तिमीलाई ।
----------