Loading...

अरुले सम्झन योग्य राम्रो काम गर्ने सोच छ : भुवन केसी, सामाजिक अभियन्ता

Published Date: February 22, 2016

आफनो गाँउठाँउको विकास र सुधारको लागी सक्रिय एकजना विकासप्रमी प्रेरक युवा व्यक्तित्व, यी युवा आवद्ध सस्थाको पहलमा देश विदेशमा रहेका युवाहरुको सहयोग लिएर भर्खरै राज्यले बनाउन नसकेको पुल बनाएर देश भित्र र बाहिर सवैलाई चकित पारेका छन् भने एउटा सामान्य युवा परिषद्ले गरेको पुल निर्माण जस्तो कार्य सायद नेपालमा विरलै छ भनिएको छ, नेपाल भित्र र नेपाल बाहिर रहँदा विभिन्न सामाजिक संघसस्थाको माध्यमबाट विभिन्न सामाजिक कार्यमा संलग्न ढिकुरा नमुना युवा परिषद्का सस्थापक सचिव अर्घाखाँची ढिकुरा १ टोडेयार निवासी भुवन केसीसँग सस्थाका सामाजिक गतिविधि, भावि योजना, वैदेशिक रोजगार, देशको बर्तमान अवस्था र समाज प्रति युवाहरुको भुमिकामा केन्द्रित भएर सुपा देउराली समाचारपत्रका प्रधान सम्पादक जितेन्द्र खत्रीले लिनुभएका अन्र्तवार्ताका केही अंशहरु :-

१. तपाई के गर्दै हुनुहुन्छ ?14444

म बैदेशिक रोजगारीको शिलसिलामा कतारमा गएर केहि महिना अघि मात्र आएको हुम अहिले नेपाल मै छु खास गरि आफनो गाँउको लागी केहि खास गरौ भन्ने उद्देस्यले एउटा सामाजिक सस्थाको गतिविधिमा अलिक व्यस्त छु ।

२.तपाई किन बैदेशिक रोजगार तिर लाग्नुभयो ?

हेर्नुस यसको उत्तर मैले दिइराख्नु पदैन, मान्छे आफनो घर परिवार छोडेर रहरले विदेश पस्दैन नेपालमा रोजगारी र स्वरोजगारीको बाताबरण नहुँदा दुइ चार पैसा कमाउने उद्देश्यले नै अरु जस्तै म पनि विदेश पसेको हु ।

३. विभिन्न संघसंस्थामा आबद्द हुनुन्छ यसको पछाडि के कारण छ ?

 सामाजिक क्षेत्रमा लागेर सामाजिक कार्यहरु गर्न मेरो सौख हो म एक दर्जन भन्दा बढि सामाजिक संघसस्थामा आवद्ध छु, कसैबाट अभिप्ररित भएर वा कुनै स्वार्थको पछि लागेर यो क्षेत्रमा सक्रिय भएको कदापी होइन, म स्वस्र्फुत लागेको छु अरुलाई सहयोग गर्न पाउदा र सामाजिक कार्यमा संलग्न भई केहि गरेमा मेरो मनमा आनन्द आउछ एक प्रकारको सन्तुष्टि मिल्छ यहि नै हो कारण ।

४. सामाजिक कार्य गर्दा फाइदा छ त ?

फाइदा भनेको आत्मसन्तुष्टि हो, अरु त काम देखेर कहिलेकाहि शुभचिन्तकहरुले इज्यत सम्मान हौसला दिनुहुन्छ त्यहि हो फाइदा, नत्र काम गर्दै जादाँ कहिलेकाहि विगारर्ने र खुटटा तान्ने प्रवृतिले चाही खिन्न बनाउछ र फाइदा के भन्ने प्रश्न गर्न मन लाग्छ आफैलाई ।

५. विदेशमा र स्वदेशमा रहदा कस्ता सामाजिक कार्यहरु गर्नुभयो त?

विदेशको सन्दर्भमा भन्नु पर्दा म कतारमा मात्र बसे कतारलाई मिनि नेपाल पनि भन्ने गरिन्छ, त्यहाँ सवै प्रकारका नेपालीहरु छन् र अवसर तथा समस्या पनि उत्तिकै छन् शुरुमा म कतार गएको बेला एकजना अर्घाखाँचीबाँसीको सडक दुघटनामा मृत्युभएको थियो तर त्यो घटनालाई सम्वोधन गर्ने तथा मृत शवलाई नेपाल पठाउने प्रक्रियामा लाग्ने कोइ नहुदाँ शव अलपत्र परेको घटना देखे र मलाई मैले आफनो जिल्लबासीको हैसियतले केहि गर्नुपर्छ भन्ने स्वस्र्फत भावना आयो अनि अर्घाखाँचीबासीहरुको सामाजिक सस्था अर्घाखाँची सेवा समाजको माध्यम हुदै कतारमा क्रियाशिल विभिन्न सामाजिक सघसस्थामा आवद्ध भएर विभिन्न सामाजिक अभियानमा सहभागी हुदै अघि बढे त्यो क्रममा अलपत्र परेका धेरैलाई उद्धार गरियो, आर्थिक, कानुनी सहयोग पनि पुराइयो यो सवै एक मानवले अर्को मानवलाई गर्ने दायित्व र कर्तव्य सम्झेर गरियो भने नेपालमा बाढिपिडीतहरुलाई होस वा भुकम्प पिडितहरुलाई होस आर्थिक सहयोग संकलन गरि वितरण गरियो जुन सस्थाको माध्यमबाट चुस्त दुरुस्त तरिकाले गरिएको छ, कतारमा म उपाध्यक्ष्य रहदाँ अर्घाखाँची सेवा समाज मार्फत जिल्लामा एउटा एम्वुलेन्स सन्चालनको लागी पनि अभियान अघि बढेको छ। यो सवै म मात्र एक्लो प्रयासले सम्भव थिएन ।  त्यसमा सवै साथीहरुले उत्तिकै सामाजिक भावनाले हातेमालो गर्नुभएको छ जस्को फाइदा यहि समाजलाई भएको छ ।

स्वदेश भन्नाले नेपालमा रहदाँ मैले अर्घाखाँचीको ढिकुरामा युवाहरुलाई सक्रिय बनाउदै ढिकुरा नमुना युवा परिषदको स्थापना गरियो म सस्थापक सचिव हु हामीले सस्थाको माध्यमबाट देश विदेशका युवाहरु तथा शुभचिन्तकहरुको सहयोगमा भर्खर एउटा अत्यावस्यक अवस्थामा रहेको टिमुरेखोलामा पुल निमार्ण गरेका छौ । यो पुलको लागी देश विदेशबाट थुप्रो आर्थिक नैतिक सहयोग गर्नुहुने सवै प्रति म कृतज्ञ छु । यो पुलको उदघाटन फागुन १ गते भैसकेको छ । यो पुल निमार्णमा सम्भवत राज्यको समेत ध्यान नगएको र स्थानियहरुको अत्यन्तै माग रहेको स्थानमा बनाइयो । हरवर्ष मान्छे बगाउने, बच्चाबच्ची बुढाबुढिहरु लगायत सवैलाई आवतजावतमा कठिनाई थियो राज्यको आश गर्दा गर्दै पुल बन्ने सम्भावना देखिएन र हामीले सस्थाको माध्यमबाट सामुहिक पहल गरियो र निमार्ण पनि भयो, यस्तो प्रकारको पुल निमार्ण जस्तो कार्य सम्पन्न गर्ने सामाजिक सस्था जिल्लामा मात्र नभई नेपाल मै विरलै होलान, त्यसै गरि खाचीकोट मसिनाको लेखलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न हामीहरुले सोच बनाईसकेका छौ । हाम्रा पूर्व गाविस अध्यक्ष नारायण प्रसाद खनाल ज्यूले जसरी अर्घाको डाडोमा प्यारागलाइडिग र खेल मैदान लगायतले विकास गर्न सकिन्छ भने खाचीको डाडो पनि कम्ती छैन गर्न मात्र पर्छ र त्यसको लागी परिषद अगाडि सरेमा आफुहरुले स्रोतको व्यावस्था गरिदिने प्रतिवद्धता जाहेर गर्नुभएको छ , शारदा उमाविलाई कम्पयुटकृत गर्ने कुरा पनि छ अनि अत्याधुनिक विदुतिय लाइव्रेरीको कुरा मेरै पहलमा अघि बढि सकेको छ , ढिकुरा गैरा गोठमा प्रतिक्षालय पुस्तकालय र सस्थाको कार्यलय एकै भवनमा बनाउने सोच छ । युवाहरु केन्द्रित सिप तथा दक्षता अभिबृद्दि कार्यक्रमहरु, पैदल मार्ग निर्माण तथा सुधार गर्ने कार्यहरु, सडक सन्जाल विस्तार गर्ने कार्यहरु गरिसकेका छौ अव हामी भाषण र कुरामा मात्र सिमित नभई बरु ढिला होस ढिकुरा गाविसलाई बास्तवमै जिल्लामै विकासको नमुनाको रुपमा स्थापित गर्नको लागी शिक्षा, स्वास्थ्य, पर्यटन, सडक, खानेपानी, विद्युत, प्राविधिक शिक्षा र प्रविधि तथा सन्चारको क्षेत्रमा केहि ठोस कार्य गर्ने हाम्रो सोच छ ।

६. आफनो पारिवारिक जिवन र सामाजिक जिवनलाई एकैचोटी कसरी समाल्नुहुन्छ ?

 सामाजिक कार्य गर्दा कठिनाईहरु धेरै छन् नी, एकातर्फ घरको काम छोडि अरुको कामको पछि लागेर हिडनुपर्छ जस्ले गर्दा आफनो घर परिवारलाई समय दिन सकिदैन, घरको काममा ध्यान दिन नसक्दा कहिलेकाहि समस्या उत्पन्न हुन्छ आफनो परिवारीक जिवन र सामाजिक कार्यलाई मिलाएर लैजानु नी कम्ती चुनौतीपूण छैन, तसर्थ सवै समस्याका बावजुद पनि आज सम्मलाई परिवार लगायतसवैको साथ र सहयोगले सामाजिक कार्यहरु गर्न भ्याएको छु ।

७. अहिले सामाजिक क्षेत्रमा चर्चामा हुनुन्छ पछि राजनितिमा जाने हो कि, के छ सोच ?

मैले अघि नै भनिसके म सामाजिक क्षेत्रमा क्रियाशिल हुनुको पछि मेरो कुनै स्वार्थ छैन स्वार्थ छ त मेरो आत्मसन्तुष्टि मात्रै हो । राजनितिको कुरा गर्नेहो भने आज सम्म मैले कुनै पनि राजनैतिक दलको सदस्यता लिएको छैन, तर मैले सक्षम र पढेलेखेका युवाहरु राजनीतिमा जानु पर्छ भन्ने मान्यता चै राख्दछु त्यो किनभने राजनिति देश चलाउने संयन्त्र हो हामीले हाम्रा नेताहरुलाई दोष दिनु हामी आफैलाई दोष दिनु जस्तै ठान्छु किनकि सक्षम मान्छे भएको ठाँउमा त समस्या जो छैन । तसर्थ त्यस ठाउँमा स्पष्ठ भिजन दिन सक्ने र समाजलाई सहि दिशा दिन सक्ने उर्जावान शक्ति पुग्न जरुरी हुन्छ त्यसैले सवल र सक्षम युवाहरु राजनितिमा जान जरुरी छ तर म आफु एक बैदेशिक रोजगारीमा लागेको युवा र अर्को तर्फ सामाजिक कार्य गर्न राजनिति मै जान पर्छ भन्ने मान्यता सित सहमत पनि छैन ।

८. देश पछि पर्नुमा के कारण देख्नुहुन्छ ?

हेर्नुस देश पछि पर्नुमा आर्थिक, राजनैतिक, सामाजिक धेरै कारणहरु हुन सक्छन, त्यसमा पहिलो कारण म दिर्घकालिन सोचको अभाव हो भन्ने ठान्छु किनभने हाम्रो राजनितिज्ञहरु हाम्रो अर्थविदहरु हाम्रा प्रशासकहरु, निति निर्माण तहमा बसेकाहरु लगायत सवैको स्पष्ट योजना र दिर्घकालिन सोच भएन हामीहरु विश्वले विभिन्न विकासका क्रन्ति गदै गर्दा हामीहरु राजनैतिक क्रािन्त मै व्यस्त भैयो अझै हाम्रो देशमा भोकमरी, गरिवी, भुकम्पपिडितलाई भन्दा राजनितिक कुरालाई बढि चासो दिइन्छ । नाकाबन्दीकै कुरा गर्नुन्च भने यो पहिलो होइन, हाम्रा अर्थविदहरुले देशको ८० प्रतिशत बजार विदेशीमा भर पर्दा भोली नाकाबन्दी या यस्तै केहि समस्याले आयात निर्यात ठप्प भयो भने देशले अहिलेको जस्तो अकल्पनिय क्षति व्यहोर्न सक्छ भन्ने दिर्घकालिन आकलन गर्न सक्दैन्थे र ? हो यसैलाई भनिन्छ दिर्घकालिन सोचको अभाव, खै हिजो जातीय राज्य भन्ने नारा पनि पार्टीहरुको थिए आज त असफल प्राय छन् १२५ जातजाती भएको यो देशमा जातिय राज्य हुन सक्दैन बच्चा बच्चालाई थाहा थियो खै त राजनितिज्ञहरुको दिर्घकालिन सोच ? हो यस्तै विभिन्न कारणहरुमा देश रुमलियो, सवैधानिक रुपमा देश संक्रमणकालिन अवस्थामा रहदाँ, १० वर्ष जनयुद्ध, भुकम्प नाकावन्दीले आक्रान्त भयो भ्रष्टाचार मौलायो त्यसैको प्रभाव सवैतिर व्याप्त छ ।

९. ढिकुरा नमुना युवा परिषद्को बारेमा बताइदिनुस न?

यो सस्था नितान्त एक सामाजिक, गैरराजनैतिक, मुनाफारहित सामाज निर्माण र सुधारको उद्देश्य राखेर नेपाल सरकारको सस्था ऐन अनुरुप स्थापना भएको सामाजिक सस्था हो । यो सस्था स्थापनाको लागी मैले स्कुल पढदा देखि सोचीरहेको थिए अहिले आएर ढिकुरा १ निवासी एकजना जुझारु युवा जो बर्तमान अध्यक्ष हुनुन्छ राममणि भटटराई उहाँलाई यसको श्रेय जान्छ उहाँको परिकल्पना र अथक मेहनत र कुशल नेतृत्वका कारण आज यो सस्थालाई गठन गरेरै छाडियो, म भन्छु हामीलाई राममणि भटटराई जस्ता विकासप्रेमी युवाहरु केहि हुनुपर्छ जस्ले गर्दा समाजले सहि दिशा लिन सक्छ जुन हाम्रा कामले सावित गरिसकेको छ, हामीले तिहारको लगत्तै यो सस्थालाई दर्ता गरेका हौ । हाम्रो उद्देश्य भनेको स्थानिय एवं देशविदेशमा रहेका युवाहरु एव सुभेच्छुकहरुलाई परिचालन गरेर ढिकुरालाई विकास गर्ने, विभिन्न गतिविधि मार्फत सुधारको लागी अन्य सरकारी तथा गैरसरकारी तथा व्यक्तिहरुले जस्तै एक विकास र सुधारको इँटा थप्नुहो ।

१०. यो सस्था मार्फत के के काम गर्नुभयो?

  हामीले स्थापनाको छोटो समयमा विभिन्न कार्यहरु गरेका छौ मैले आफुले वा आफु आवद्ध सस्थाले गरेका कार्यहरु भन्न कत्ति पनि अप्ठेरो मान्दिन, तिन चारवटा पैदल बाटो जुन एकदमै जरुरी थियो ती बाटोलाई युवाहरु एकजुट भएर खन्ने कामहरु गरियो जसले हिडडुलमा सुविधा भयो । त्यसै गरि वषौ देखि विभिन्न कारणले खुल्न नसकेका ढोडखोला रातापहरा माइकाथाना गाविस भवन जोडने, शिवचौर रिडरोड, काफलबास भित्री सडक आदी सडक सन्जाल पनि हाम्रै आर्थिक तथा नैतिक पहलमा निर्माण भएका छन् जसमा आर्थिक सहयोग गाविस तथा स्थानीयहरुको पनि छ । त्यसै गरी युवायुवतीहरुलाई सिप दक्षता सम्वन्धि अभिमुखिकरण प्रशिक्षण कार्यक्रमहरु गरियो । त्यसै गरि स्थानियतहमा क्रियाशिल विभिन्न निकायका पदाधिकारीहरुलाई उपस्थित गराएर खुला अन्र्तक्रियात्मक कार्यक्रम, त्यसै गरि ढिकुराको शैक्षिक गतिविधिलाई सुधार गर्न पनि हामी सोचिरहेकाछौ । स्थापनाको छोटो समयमा हामीले यस क्षेत्रकै महत्वपूर्ण खास गरि ढिकुरा नुवाकोट खाचीकोट धनचौर जुकेना जलुके लगायतलाई पायक पर्ने र बर्सेनी मानिसहरुलाई समस्या भइरहेको टिमुरेखोलामा पुल निर्माण कार्य सम्पन्न गरियो जो अहिले प्रयोगमा आइसकेको छ । सरकारी स्तरबाट यस्तो पुल बन्न १० देखि १२ लाख लगाइन्थ्यो तर परिषदले कुल २ लाख ५५ हजारमै सम्पन्न गरेर देखाइदियो भनेर प्रशंसा हाम्रो पूर्व गाविस अध्यक्ष नारायण प्रसाद खनालले गर्नुभएको छ । यसलाई म महत्वपूर्ण ठान्छु किनकि बर्षेनी यो खोलाले मान्छेहरु बगाउने घाइते पार्ने गर्दथ्यो बर्खा लागेसी र खोलो बढेको बेलामा आवतजावतमा बाधा पुगेको थियो राज्यले गर्ला गर्ला भन्दा भन्दै हामी पनि जिवनको उत्तराद्र्ध तिर आइयो तर कतैबाट पहल भएन फलस्वरुप यो सस्थाको पहलमा हामीले अभियानै चलाएर सो पुल निमार्ण गरेरै छोडियो अव मलाई मेरो आउने पुस्ताले सराप्ने छैन ।

११. यो सस्थाको कार्यालय र निर्माण हुदै गरेको पुल त तोडफोड भयो नी ?

जव हामीले अहिले सम्म भैरहेका नराम्रा कृयाकलापहरुलाई सुधार गर्ने र समाजलाई चुस्तदुरुस्त पार्ने, भ्रष्टचार तथा अनैतिक क्रियाकलापको विरोध गर्ने र समाजलाई स्वच्छ र उदाहारणीय बनाउने अभियान शुरु गरियो यो देखि अत्तालिएर वा हाम्रा गतिविधिबाट ती सधै समाजलाई बन्धक बनाएर गरिव निमुखाहरुमाथि हैकम गर्नेहरुलाई हाम्रा क्रियाकलाप पचेन फलस्वरुप उनीहरुले यस्तो गरेको मेरो बुझाई छ । हामीलाई स्पष्टरुपमा सवै दलहरु, समाजसेवी, बुद्धिजीवि विद्यार्थी शिक्षक, अधिकारकर्मी, पत्रकार, महिलाहरु लगायत समाजको हित चाहने सवैले खुलारुपमा हाम्रा गतिविधिहरुमा सर्मथन गरेका छन आज सम्म कसैले विरोधको कुनै शव्द सम्म बोलेको छैन हाम्रो टिममा सवै राजनैतिक दलका साथीहरु एक मन भएर काममा लागिरहेका छौ अझ हाम्रा कामहरु जस्तै पुललाई थुप्रो स्थानीयहरुले त फुल चढाएर पुजा समेत गर्नुभएको छ हाम्रो कार्यलय र पुलमा तोडफोड भएपछि हामीले गोप्यरुपमा खोजी अभियान पनि सुरु गरेका छौ र जिल्ला प्रहरी कार्यालयबाट पनि आवश्यक सहयोग भइरहेको छ अहिले अवस्था सामान्य छ सवैले यो कार्यको विरोध गरेका छन हामी यस्ता गतिविधि गर्नेलाई समाजको सामु उभ्याउन चाहन्छौ ।

१२. पुल निर्माणको लागी के कति सहयोग कसरी जुटाउनुभयो अनि पारदर्शी कसरी राख्नुहुन्छ ?

ढिकुरा नमुना युवा परिषदको महत्वपूर्ण योजना हो यो, म त भन्छु विकास निर्माणमा तेरो मेरो नभनौ ढिकुराको जुनसुकै ठाँउमा विकास हुनुपर्छ यता भएन उता भएन भनेर विकास बजेट फ्रिज नगरौ अनि अर्को कुरा जनतालाई सुविधा हुने कुरामा विवाद नगरौ, बाटो बनायौ भने त्यसमा एमाले काग्रेश माओबादी मात्र हिडने होइन सवै जनता हिडने हो, पुल बनाइयो पुलमा एमाले काग्रेश माओबादी वा अन्य पार्टी मात्र हिडन्े त होइननी यसमा सवै मानवजातीलाई नै सुविधा हुनेहो त्यसैले यस्तो क्रियाकलापमा निसन्देह मनले लागौ भन्ने मेरो बुझाई हो र यही भावना सवै तिर पुराइयो सवैलाई बुझाइयो र सवैले स्वइच्छाले आर्थिक सहयोग गरिहनुभएको छ । देशविदेशका युवा साथीहरुले तदारुकताका साथ सहयोग गरिरहनुभएको छ । गाविसको बजेटबाट पनि सम्वोधन भएको छ साथै सन्धिर्खक नगरपालिकाले पनि सम्वोधन गर्न कुरा छ हेरौ के हुन्छ । सवै तिर प्रतिवद्धता जाहेर भएको रकम अहिले सम्म ३ लाखबाट माथि छ त्यो सवै रकम हामी सस्थाको बैक खातामा दाखिल गरेका छौ र अवको कारोबार सवै चेक मार्फत गर्न थालिसक्यो । जवाफदेही तरिकाले खर्च तथा आम्दानीलाई चुस्त दुरुस्त पार्न हामी सचेत छौ ।

१३. यो पुल त राज्यले बनाउनुपर्ने हो नी होइन र तपाईहरु किन कस्सीनुभयो त ?

मलाई सम्झना छ म जान्नी हुँदा देखि यहाँ पुल बन्छ बन्छ भन्ने गर्थे मलाई जो धेरै पटक खोलाले पल्टायो बगायो म जस्ता थुप्रो मान्छेहरुलाई बगाएको छ पढन हिडेका बच्चाबच्चीहरुलाई बगाएका धेरै घटना छन् पोहोर साल दुईवटा साना बच्चाहरुलाई बगायो एक स्थानीय गंगा बहादुर नेपालीलाई चामलको धोक्रो बोकेकै अवस्थामा बगायो अव म ३० नाघिसके त्यस ठाँउको अवस्था उस्तै छ कसैको ध्यान छैन, के थाहा भोलि यस्तै घटना हुँदै गर्दा कसैको अनायसै ज्यान नी जान सक्छ नी त्यसैले अव राज्यको मुख हेर्नु भन्दा हामीले जो केहि गरौ भन्ने निर्णय गरेर अघि सरेका थियौ गरेर आखिरी पुल बनि सक्यो सवैजना हर्षित छन् ।

१४. यो सस्थाको भविष्यको योजना के छन त ?

 हामी भर्खर बामे सर्दैछौ हामी धेरै महत्वकाक्षी नभई बास्तविकता अनुसार अघि बढ्न चाहन्छौ अव सवैलाई समेटने र ठोस परिणाम दिने कार्यक्रमहरु गर्ने सोचाईमा छौ । कतिपय सुधार गर्न पर्ने कुराहरु छन जस्तै शिक्षाको क्षेत्रमा धेरै गुनासोहरु आएका छन् अरु पर्यटनको प्रवद्र्धनको लागी मसिनाको लेकलाई केहि सिर्गार्ने र पर्यटनक्षेत्रको रुपमा आधारभुत बाताबरण सेट गर्ने शारदा उमाविलाई कम्प्युटरकृत गर्ने र अत्याधुनिक विद्युतीय पुस्तकालयको सोचाई छ भने युवाहरुलाई जनचेतना, मादक पदार्थ माथि नियन्त्रण गर्ने, धार्मिक सम्पदाहरुलाई प्रर्वद्धन र संरक्षण लगायतका गतिविधिहरु गदैछौ । खास गरि हामीहरु सवै मिलेर बार्षिक कार्ययोजना बनाएर अघि बढने हो ।

१५. तपाईले भविष्यमा समाजको हितको लागी के सोच बनाउनुभएको छ । ?

मेरो त्यस्तो खास सोच त छैन् म सामान्य मान्छे हु म आर्थिकरुपले सम्पन्न मान्छे पनि होइन तर निजी स्वार्थ देखि माथि उठेर काम गर्न चाहने हो भने आर्थिक पक्ष बाधक बन्दैन भन्ने हामीले प्रमाणित पनि गरिसकेका छौ । सवैलाई उपयोगी हुने र समाज हित हुने काममा स्रोतहरु जुटाएर काम गर्ने माध्यम प्रशस्त छन् । ढिकुरा गाविसलाई शिक्षाको स्तरमा माथि उकास्नको लागी आधुनिक कम्प्युटर शिक्षा र विद्युतिय लाइब्रेरीको कन्सेप्ट अघि सार्ने सोचमा छु, साथै सवै विद्यालयहरुलाई सुझाव स्वरुप अंग्रेजी माध्यमलाई विषेश प्राथमिकता दिन पहल गर्नेछु समाज र सस्कार सुधार्ने पहिलो माध्यम भनेका शिक्षा नै हो । सोत जुटेमा युवाहरुलाई सिप सिकाउन विभिन्न सघसस्थाहरु सित मिलेर सिपयुक्त तालिम चलाउन सकिन्छ, पर्यटनको माध्यमबाट मसिनाको लेक सिद्धगुफा इतयादि जो ओझेलमा छन तर संभावना छन तीनीहरुलाई प्रर्वद्धन गर्न सकिन्छ, सहकारीको धारणालाई अझै विकास गर्ने लगायत तमाम कार्यहरु छन, धन पैसा, ऐस आराम सवैले गर्छन तर यो समाजको हितको लागी भविष्यमा सवैले सम्झन योग्य केहि असल कार्य गने मेरो सोच हो, यी सवै काम गर्न मेरो एक्लो प्रयास संभव छैन सवैले मिलेर गर्ने हो यहि समाजको सुविधा र हितको लागी ।

१६. बैदेशिक रोजगारमा जान चाहने युवाहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

हेर्नुस विदेशीनु पर्ने विभिन्न कारणहरु छन् कुनै बाध्यता त कुनै अवसरको खोजी, आजको सन्र्दभमा भन्नुपर्दा बाध्यताले विदेशिनेको सख्या धेरै छ । म दुवै कारणले विदेश पसेको एक युवा हु । देशमा रोजगारी तथा अवसरको अभावले गर्दा नेपालीहरुले विदेशिनु परेको सवैलाई थाहा छ । म विदेश जाने सोचाइमा रहनुभएकाहरुलाई के सुझाव दिन चाहन्छु भने सकभर स्वदेशमै बस्नुस अवसरको सृजना गर्नुस, पैसा यहि छ सानो तिनो व्यापार व्यावसाय गर्नुस् हुदै हुन्न र विदेशै जान पर्ने भयो भने केहि सिप सिकेर जानुस विदेशमा सिपको कदर हुन्छ, अवसर पाईन्छ, काम जानेको मान्छेलाई विदेशमा सहज छ मेहनेत गर्न सके पैसा कमाउन पनि सकिन्छ तर विदेश भनेर भावनामा बगेर अलिकति पनि नबुझी विदेश पसियो भने ठुलो दुख्ख पाईन्छ, त्यसरी जाँदा मान्छेको मनोबल गिर्नुको साथै कमाइपनि नहुने हुन्छ त्यसैले कुनै प्राविधिक काम सिकेको, अग्रेजी भाषामा बोल्न र लेख्न सक्ने भएर तथा आफु जाने देशको कानुन त्यहाँको भाषा रहन सहनको बारेमा राम्ररी बुझेर जादाँ राम्रो हुन्छ साथै त्यहाँ विदेशमा रहदाँ त्यहाँ रहेका आफना जिल्लाका सामाजिक सघंसस्थाको सम्र्पकमा समेत रहनुभयो भने सुख दुखमा राम्रो हुन्छ ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...