हिन्दु जागरण इजरायलको आयोजनामा भब्य रुपमा महा-शिवरात्री तथा श्री स्वस्थानी साङ्गे कार्यक्रम सम्पन्न

Published Date: February 28, 2016

 

एनआइ न्युज, इजरायल

रोजगारीका क्रममा इजरायलमा रहेर आफ्नो धर्मरक्षार्थ  स्थापित संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले २६ फेब्रुअरी २०१६ शुक्रबार इजरायलको तेलअभिबमा शिवरात्री तथा श्री स्वस्थानी साङ्गे भब्यताका साथ सम्पन्न गरेको छ ।10441327_854286281347190_6164596294403954719_n

औपचारिक तथा अनौपचारिक गरि दुई चरणमा गरिएको सो कार्यक्रम बिभिन्न संघ संस्थाको प्रतिनिधि, मिडियाकर्मी तथा इजरायलबासी नेपालीहरुको समुपस्थितिमा तेलअभिब यसोधमाला २२ स्थित एक हलमा गरिएको थियो ।

कार्यक्रमको पहिलो चरणमा शिवरात्री पुजा तथा श्री स्वस्थानीको साङ्गे समापन गरिएको थियो भने दोस्रो चरणको कार्यक्रम विभिन्न धार्मिक भजन,प्रबचन तथा नृत्य समाबेष गरिएको थियो । पानसमा दिप प्रज्वलन सहित स्वस्ति वाचन तथा राष्ट्रियगान संगै सुरुवात गरिएको सो कार्यक्रममा बुद्ध मन्त्र  तथा  गायत्री मन्त्रको धुनसंगै कार्यक्रम आगाडी बढाइएको थियो ।

हिन्दु जागरण नेपाल अभियान इजरायलका पूर्व संयोजक राम गोपाल भण्डारीको सभापतित्व,   नेपाली राजदूतावासका सहचारी भोज कुमार भट्टराईको प्रमुख आथित्यता साथमा उहाँका  बुवा-आमा,एनआरएनए एनसीसी इजरायलका  बरिस्ट उपादक्ष्य बिशाल ज्ञवालीको   बिशेस आथित्यता रहेको उक्त कार्यक्रममा इजरायलमा रहेका   बिभिन्न संघ सस्थाका अदक्ष्य तथा  प्रतिनिधि, अनलाइन बेस मिडियाकर्मीहरु  उल्लेख्य इजरायलबासी नेपालीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको शुरुवातमा अभियानको धर्म गुरु भिम प्रसाद पौडेल र बौद्ध धर्म गुरु थुप्तेन लामा तामांगलाई  गुरुको आसन ग्रहण गराइएको थियो ।

 12512476_1571449396506776_5553561365910674124_n

कार्यक्रममा संस्थाकी संयोजक नितु कार्कीले स्वागत मन्तब्य, तथा बौध धर्म गुरु थुप्तेन लामा तथा गुरु भिम प्रसाद पौडेलले धार्मिक प्रबचन दिनुभएको थियो । कार्यक्रममा राजदूतावासका सहचारी भोज कुमार भट्टराईले प्रबासी भूमिमा रहेर आफ्नो कामको बाबजुत पनि धर्म प्रतिको आस्था तथा धर्मरक्षाको चेतना सहितको कार्यक्रम हुनु र तेस्मा सहभागी हुन् पाउनु आफैमा ठुलो गर्व महसुस भएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको शुरुवात संस्थाको परिचय दिदै उक्त संस्थाकी सक्रिय सदस्य अनिता आचार्यले गरेकी थिइनँ भने स्वस्ति वचन नम्रता उप्रेतीले गरेकी थिइन् ।

कार्यक्रमको अन्तिम चरणमा केहि भजन तथा नृत्य रहेको थियो भने भजन नितु कार्की, अनिता आचार्य, सदिक्ष्या कोइराला तथा युरिना उपद्ध्यायले प्रस्तुत गरेका थिए भने मोनिका शर्मा , अनिता आचार्य र अन्जिता पौडेलले नृत्य दिएका थिए । 12799225_854291844679967_7177497398223653358_n

७ बजे देखि शुरु भइ ११:३० बजे सम्म चलेको सो धार्मिक कार्यक्रम संस्थाकी सक्रिय सदस्य मोनिका शर्माले उद्घोषण गरेकी थिइन् भने समापन उक्त कार्यक्रमका सभापति राम गोपाल भण्डारीले गर्नुभएको थियो । उक्त धार्मिक अनुस्थानमा उपस्थित सबैलाई फुल तथा प्रसादको व्यवस्था गरिएको थियो ।

12795502_854290161346802_1325410579480334621_n

12799249_1773912546170197_4126782886977551999_n12802797_1773912069503578_7300111709991629197_n943981_1773912256170226_8981234750461902006_n10400830_854293881346430_2843524548604768528_n12744344_1571451803173202_1453179630175764976_n12805714_429052910638239_7274054300880679589_n12742158_1571453703173012_7052326263295631679_n12239864_854292038013281_5294934290083247229_n 12795506_1571452639839785_6082828253367353839_n



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...