विद्यालयको स्तर उन्नतिको लागि इजरायलमा सहयोग संकलन अभियान जारी

Published Date: March 6, 2016

एनआई न्युज इजरायल

mgr1द मगर्स क्रिएसन (नेपाल) र रोजगारीको शिलशिलामा इजरायलमा रहेकी समाजसेवी बिष्णु पुन मगरको पहलमा म्याग्दी जिल्ला रुम-६ बेलि स्थित श्री ज्ञान बिकास प्राथमिक विद्यालय र रुम-६ कै जेमस्थित श्री देउराली निम्न माध्यमिक विद्यालयको प्राबिधिक स्तर उन्नतीकोलागि  सहयोग जुटाउन सहयोग संकलन अभियान सुरु गरिएको छ।

नेपाल सरकारले शिक्षालाई आधारभुत आवश्यकतामा पारे पनि अहिलेसम्म सरकारबाट र निजि तथा कुनै पनि संघ सस्थाले कुनै पनि किसिमको सहयोग उपलव्ध नगराउदा बिद्यालय संचालनका लागि त्यहाँका स्थानीय बासिन्दाहरुबाट प्रति घर वार्षिक रु ३ हजार रुपैयाँ अनिवार्य उठाएर बिद्यालयको प्राविधिक तथा आर्थिक आवश्यकता पुरा गर्नुपर्ने बाध्यता रहेको जानकारी गराउदै हाल इजरायललाई आफ्नो कर्म भुमि बनाउदै आइरहेकी समाजसेवी बिष्णु पुन मगरले प्राबिधिक सामग्रीहरु उपलब्ध गराउने उद्देश्यले अभियान संचालन गरेको बताईन । 12837150_1150266708339700_1140189725_oमगरले सानै देखि आफुहरु प्राबिधिक ज्ञानबाट पछाडी परे पनि आउदो पिढी प्राबिधिक ज्ञानबाट बन्चित नहोउन भन्ने उद्देश्यले अभियान संचालन गरिएको बताउदै संकलित रकमले बेलि स्थित श्री ज्ञान बिकास प्राथमिक बिद्यालयलाई सोलार, कम्प्युटर, प्रिन्टर लगायतका प्राबिधिक सामग्रीहरु र  जेम स्थित श्री देउराली निम्न माध्यमिक बिद्यालयलाई कम्प्युटरहरु उपलब्ध गराउने योजना बनाएको बताइन । उनले आगामी २०७३ बैशाख १० गते यी दुई बिद्यालयलाई प्राबिधिक समानहरु हस्तान्तरण गर्ने कार्यक्रम रहेको पनि नेपाल इजरायल डटनेटसँगको कुराकानीको क्रममा  बताईन।

पुनले सहयोग अभियान सुचारु रहेको र समयावधि पनि कम रहेको जानकारी गराउदै जो कसैले पनि आ-आफ्नो ठाँउबाट स्वच्छिक सहयोग गर्न सक्ने बताइन । उनले नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहयोग गर्न अनुरोध गर्दै  सहयोग गर्न चाहाने सहयोगी मनहरुले तलको सम्पर्क नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेकी छिन ।

mgr2द मगर क्रियशनको सक्रिय पहलमा  गत बैशाख १२, १३ र २९ गते गएको आम विनाशकारी भूकम्पका कारण घरवार विहिन गोरखाका अति दुर्गम गाँउका वासिन्दाहरुलाई सरकारी तथा निजि क्षेत्रहरुबाट समेत राहत पुग्न नसकेका गोरखाका पहाडी गाउँहरुमा पुगी गत  ६ फेव्रुवरी शनिवारका दिन आवश्यकीय लत्ता, न्यानो कपडा  तथा सिरक वितरण गरेको थियो । जसमा रोजगारीका लागि इजरायलमा रहेकी सहयोगी मनकी धनि  बिष्णु पुन मगरले आफ्नो हजुरबुवाको र आफ्नो जन्मदिन पारेर १ लाख ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेकी थिइन् ।

सहयोगकोलागि

द मगर्स क्रिएसन समुह (नेपाल) – +977-9843770385 (आशिष पुन मगर)

बिष्णु पुन मगर (इजरायल) – +972-54-683-9265 लाई सम्पर्क गर्न सकिने बताएकी छिन ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...