Loading...

राष्ट्रगानको बिषयलाई लिएर महा-नायक अमिताभमाथि उजुरी दर्ता

Published Date: March 21, 2016

107032-amitabh-bachchan-national-anthem-case-india-vs-pakभारतको कलकत्तामा शनिबार भारत र पाकिस्तानबिच भएको खेल शुरु हुनु भन्दा पहिले गाइएको राष्ट्रगानलाई लिएर बलिउडका महा-नायक अमिताभ बच्चनमाथि उजुरी दर्ता भएको जनाइएको छ । उजुरुकर्ताका अनुशार उनले इडन गार्डनमा भएको खेलमा राष्ट्रगान गाउनका लागि नियमानुसार तय भएको समय भन्दा धेरै समय लागाउनुका साथै केहि शब्दहरुको उच्चारण शुद्दसंग नगरेको आरोप लागेको छ ।

केहि मिडिया रिपोर्टसका अनुसार पुर्बी दिल्लीको अशोक नगर थानामा बच्चनमाथि लागेको आरोप दर्ता भएको हो । जस अनुसार अमिताभले सो राष्ट्रगान गाउन निर्धारित समय ५२ सेकेन्ड भन्दा बढी १ मिनट १० सेकेन्ड लगाएको जनाइएको छ। यसका साथै उनीमाथि राष्ट्रगान गाउँदा त्रुटीपूर्ण शब्द  प्रयोग गरेको पनि आरोप लागेको छ । उजुरुकर्ताका अनुसार अमिताभले ‘दायक’ को ठाउमा ‘नायक’ र ‘सिंधु’ को ठाउमा ‘सिंध’ प्रयोग गरेका छन्, जुनकि सुप्रिम कोर्टको २००५ को फैसला बिरुद्ध रहेको जनाइएको छ ।

यस भन्दा पहिले अमिताभलाई राष्ट्रगान गाएको पैसा लिएको भन्ने आरोप लागेको पनि संचार-माध्यमहरुले जनाएको छन् । तर पछी गएर यो झुटो हल्ला मात्र भएको साबित भएको थियो । बंगाल क्रिकेट एसोसिएशनका अध्यक्ष सौरव गांगुलीले परिस्थितिलाई स्पस्ट पर्दै अमिताभले यो प्रस्तुतिका लागि कुनै पैसा नलिएको बताएका थिए । साथै गांगुलीले अमिताभले खेल मैदानसम्म आउने- जाने खर्च तथा म्याचको टिकटको खर्च पनि आफै गरेका बताएका छन् ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...