फोहर पानीका कारण एसएलसी परीक्षा दिइरहेका ६१ जना विद्यार्थीमा झाडापखाला

Published Date: April 5, 2016

जाजरकोट दशेरा गाविस वडा नं ३ स्थित जनप्रिय उच्च माविमा एसएलसी परीक्षा दिइरहेका ६१ जना विद्यार्थीको झाडापखालाको उपचार गरिएको छ । jajarkot_district

दशेरा स्वास्थ्य चौकी इन्चार्ज नवीना कँडेलका अनुसार फोहर पानी खाएका कारण विद्यार्थीमा झाडापखाला सङ्क्रमण देखा परेको हो । जिल्लाको सबैभन्दा बढी विद्यार्थी दशेरा परीक्षा केन्द्रमा रहेको तर पानी नहुँदा जस्तो पायो त्यस्तै खाँदा यस्तो समस्या आएको कँडेलले बताउनुभयो । गाउँमा पानीको धारा नभएका कारण खोलाको पानी १ घण्टा लगाएर ड्रममा बोकेर विद्यार्थीलाई खुआउँदा यस्तो समस्या देखिएको हो ।

झाडापखालाका बिरामीको सङ्ख्या बढ्ने हो भने औषधि पनि अभाव हुने स्वास्थ्य संस्थाले बताएको छ । जिल्ला स्वास्थ्य कार्यालयले थप जाँचका लागि टोली पठाउन लागेको महामारी फोकल व्यक्ति कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो ।  परीक्षा दिने विद्यार्थी बस्ने र खाने कुराको अभावमा निकै समस्यामा परेको पनि केन्द्राध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

जिल्लाको जगतीपुर परीक्षा केन्द्रमा पनि झाडापखाला देखिएको जनाइएको  छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...