ब्यवसायी मात्र हैनन “जोन”कुसल समाजसेवी पनि हुन ।

Published Date: May 2, 2016

अबिश अधिकारी, काठमाण्डौ ।

सोमबारको कुरा हो। हामी चितवन भ्रमणको शिलशिलामा दि ग्रीन पार्क रेष्टुरेण्ट पुगेका थियौ। त्यहाँ पुग्दा प्राकृतिक शैलिमा रेष्टुरेण्ट देख्यौ। चारै तिर हरियाली सगै ५ वर्ष भन्दा माथी १४ वर्ष सम्मका करिव १४ जना नानीहरु रमाईरहेको देख्यौ ।अनि हामी थप  जान्न उत्सुक भयौ  । यस्तो सुन्दर महोल कसरी भयो, यस्तै पृथक कुराकानी सगै हामी पनि त्यही सुन्दरतामा भावुक भयौ ।13090233_1126566727384476_1278076568_n

समाज परिवर्तन गर्नु छ भने आफैबाट अनि आजैबाट सुरुवात गर्नु पर्छ भन्ने विचार युक्त भावनाले उथुल पुथुल समाजसेवी तथा युवा ब्यवसायी जोन कंडेलको कथा सानो छैन । कथा भित्रको कथा लुकेको कंडेलको जीवनयात्राबाट धेरै कुरा सिक्न सक्छौ । टिकाराम कंडेल र आमा देवकली कंडेलको कोखबाट भरतपुर–५ लन्कुमा जन्म भएका जोन आठ जना छोरा  मध्यका सबैभन्दा कान्छा छोरा हुन ।

 कंडेल भन्छनः देशमा महँगिले टिक्न सक्ने अवस्था छैन् भने,  विदेशमा भोग्ने दुःख झनै कहालि लाग्दो छ । विदेशमा अप्ठेरो पर्दा दुःखमा साथ दिन खोलिएका दूतावास नाम मात्रका छन् । वैदेशिक रोजगारले परिवारबाट टाढा र्पुयाएको छ । धेरैको सम्बन्ध विग्रँदो छ । परिवारीक र सामाजिक सम्मन्ध टुट्दै गएको छ । धेरैको घारबार उठिबास बनाएको छ । बाबु आमा भएर पनि धेरै सन्तान टुहुरा भएका छन् । दिन प्रतिदिन अदालतमा सम्बन्ध बिच्छेदका  घटना बढ्न थालेका छन् । यसैले नेपालमा नै बसी नेपाली उत्पादनमा बृद्धी गरी स्वादेशमै राजगारीको अवसर सृजना गर्नु पर्छ । अर्काको देश बनाउने हैन अवसर पाय आफ्नै देश बनाउने थिए भन्ने कोमल हृदयका धनी जोन कंडेल अविवाहित हुन । उनि भन्छनः देशमा राजनीतिक दल र उच्च तहका निकाय वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्समा मक्ख छन् । अझ यसो भनौं देशनै यसैले चलिरहेको छ । राजनीतिक नेतृत्वमा जिम्मेवारी नहुदा आज देशमा चरम बेरोजगारी सिर्जना भएको छ । लाखौं युवा विदेशको भूमिमा पसिना बगाउन बाध्य छन् । आफ्नै देशमा अवसर नदिँदा अन्य देश बनाउन बाध्य बनाइएको छ ।

जोन अबिवाहित भएकाले पारीवारीक जिम्वेवारी खासै छैन उनमा । तर सामाजीक जिम्वेवारी राम्रोसंग निभाएका छन । उनी करिव एक दशक यता सामाजीक यात्रामा होमीएका छन। हाल चितवनमा समाजसेवीहरुको अग्रपक्ति आउने नाम हो युवा सामाजसेवी जोन कडेल । उनको सेवा अरुको भन्दा पृथक र भिन्न छ । झटट हेर्दा  व्यापारीक  हिसावले सञ्चालन भएको देखीएता पनी  दि ग्रिन पार्क बाट भएको आम्दानी उनले सेवामा नै खर्चीने गरेका छन , भने सामाजीक कार्यलाई अझै तिव्रता दिन उनले सामुहिक प्रयास समेत गरेका छन । उनकै अध्यक्षतामा हर्ट टु हर्ट सोसियल  वेलफेयर सोसाईटी नेपालको स्थापना गरी सामाजीक  रुपान्तरणको लागी एक नविन अभियानाको थालनी समेत गरेका छन ।आफ्नो गाउ आफै बनाउ भन्ने बिचारका साथ उनले आफ्नो टोल छिमेकमा साना देखी ठुला सामाजिक कार्यहरुमा अग्रसर हुन्छन । उनी जति सामाजसेवी छन उत्तिकै प्रकृति प्रेमी पनी रहेछन । उनको अग्रसरतामा धारापानी निमार्ण तथा व्यवस्थापन उपभोक्ता समिती गठन गरी भरतपुर उप-महानगरपालिका लगायतको सहयोगमा प्राकृतिक सम्पदा संरक्षण अभियान सञ्चालन, सार्बजनीक जग्गाको सदुपयोग गरी ऐतिहासीक पानीको मुहान संरक्षण तथा बालउद्धान  निर्माणाधिन अवस्थामा रहेको छ ।13101184_1126568164050999_1825033859_n

जोनको सेवा यतिमा मात्र सिमति छैन कहिले भुकम्पपिडितको आहतमा राहत दिलाउन कुना कन्दरा सम्म पुग्छन भने जिल्ला का सवै सामाजीक संस्थामा सहयोगी हात र फराकिलो मन लिएर पुगीहाल्छन । चितवनमा सञ्चालीत एक सामाजीक संस्था साहाराको घरलाई उनले मासीक रुपमा केही न केही सहयोग गरीरहदा रहेछन । उनलाई भेट्न यो पक्तिकार उनको रेष्टुरेष्टमा पुग्दा मोहल अर्कै थियो रेष्टुरेष्ट भरी साना साना बालिकाहरु मामा मामा भन्दै अघिपछि गर्दै थिए ।पक्तिकारको जिज्ञासा कुराकानीमा उनले मेटाए यिनीहरु सवै मेरा भान्जीहरु हुन साहाराको घरका ।मन्द मुस्काउदै उनले थपे म निरन्तर सेवामा लाग्नुमा उनीहरुको ठुलो हात रहेको छ । उनीहरुको मामा भएको नाताले उनीहरुको भविष्य प्रति चिन्ता गर्नु र उनीहरुलाई खुसी पार्नु मेरो पनी कर्तव्य हो हप्तामा एकपटक त भउनपा ११ मा रहेको साहाराको घरमा पुगेकै हुन्छु । महिना दिनमा भान्जीहरुलाई स्वाद फेर्न रेष्टुरेष्टमै बोलाउछु ।  आज मजदुर दिवसको अवसर पारी उनकै माध्यमबाट श्रमका लागी कतार पुगेको नेपालीको छोरो कृष्ण रिजालले बालिकाहरुलाई भोजन तथा स्टेशनरीका लागी सहयोग गरेका रहेछन । यसैका लागी ग्रिन पार्क पुगेका रहेछन बालिकाहरु ।13152694_1126567124051103_879425496_n

मास्टर गर्न काठमाण्डौ छिरेका उनि ब्यवस्थापन शास्त्रमा स्नातकोत्तर गरेका छन । काठमाण्डौ मै रहेर अक्सन इन्स्सिच्यूटबाट ब्यवसाय सुरुवात गरेका उनि बेकरी क्याफे, अक्सन सहकारी, कलेजमा लगानी र अहिले दि ग्रीन पार्क रेष्टुरेन्ट सन्चालन गरीरहेका छन । आफ्नो रेष्टुरेण्टबाट बिक्री भएको प्रत्येक चुरोडबाट रु दुई रुपैया क्यान्सर रिलिफ फण्डमा सहयोग गदै आइरहेका छन । समाज पहिले जस्तो रहेन ब्यक्तिगत लाभ हावी हुदै गएको छ युवा पलायन स्लो पोइजननै भएको छ । राष्ट्रको लागि यसले नेपालमा भावी अर्थतन्त्र नाजुक देख्दै छु। नेपाल कृषि प्रधान देश हो। यहाँको जमिन बाजो हुनु र जमिन किनबेचको बस्तु हुनु, लगानी उत्पादन मुखी होइन जग्गामा लगानी गरिनु अर्थतन्त्रको लागि घातक सावित हुनु उनको ठम्याई छ । सरकारी जागीरेले एक टुक्रा जग्गा किनी एउटा सानो घर बनाउने सपना नदेखे पनि हुने भयो । यो डरलाग्दो अर्थतन्त्र हो । यो रेमिटेन्सको असर हो । सरकार सत्ता मोह र युवा विदेश मोहमा अशक्त छ यो दुबै मोह एउटै प्रबृतिको हो यसले राष्ट्रलाई झनै नाजुक बनाउने कंडेलको बुझाई छ ।

उनि थप्छन “म रेष्टुरेन्टमा मदिरा मात्र हैन विदेशमा जस्तै फुड कल्चरको विकास होस भन्ने चाहन्छु यसैले मापासे जाँचले रेष्टुरेण्ट ब्यबसाय घटे पनि दिर्घकालमा यसको सकरात्मक असर देखिको छु प्राय फोन आउछ घरबाट तर म रेष्टुरेण्टमा छु भन्न सकेको छैन किनकी रेष्टुरेण्ट प्रतिको मानिसहरुको सोचाई अझै पनि सकरात्मक छैन त्यस्तो सोच हटाउने प्रयासमा छु । कंडेलले भन्छनः अब शिक्षित युवाले राम्रो नराम्रो छुट्याउने र स्वदेशी उत्पादनलाई प्रोसाहन दिने गर्नु पदर्छ यसैले मैले नैपालमा नै बनेको जुत्ता प्रयोग गदै आएको छु रेष्टुरेण्टमा पनि नेपाली गुणस्तर सामाग्री प्रयोग गदै आएको छु  यो त मेरो सुरुवात हो सबैले यस्तै प्रयोग गर्ने हो भने अवस्य नेपाली उत्पादनले नेपालमै ठाउँ पाउने छन् ।
अन्त्यमा,
यस्ता हृदयकाखानी महा पुरुष अझै धेरै जन्म लिउन । हरेका ब्यवसायीक यात्रा र सामाजिक यात्राले सगरमाथाको शिखर चुम्न सकोस अझै धेरै सामाजिक कार्यमा मन जओस  युवा ब्यवसायी तथा समाजसेवी जोन कंडेललाई हाम्रो पनि शुभकामना ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...