अन्तराष्ट्रिय नेपाली समाज इजरायल (नयाँ शक्ति नेपाल) को एकजुट हुन हार्दिक आह्वान

Published Date: May 7, 2016
 तेज श्रेष्ठ , इजरायल ।
आदरणीय इजरायलवासी महिला तथा सज्जनबृन्दहरु सबै पूर्वाग्रहबाट मुक्त भएर एकपटक सोचौं त,naya अहिलेका राजनीतिक पार्टीबाट मुलुकको परिवर्तन सम्भव छ ? अहिले हालीमुहाली गरेको राजनीतिक नेतृत्वसँग मुलुकको आर्थिक कायापलट गर्ने इच्छाशक्ति, नियत र सामथ्र्य छ ? यी दल र नेतासँग मुलुकका अहिलेका चुनौतिको सामना गर्न र सम्भावनाहरु हासिल गर्न वैचारिक, कार्यक्रमिक र नैतिक पूँजी छ ? यदि छैन भने हामी यिनै दल र नेताकै पछि लागिरहेर आफ्नो, भावी पुस्ताको र देशको भविष्यमाथि खेलवाडको साक्षी बन्ने कि विकल्प खोज्ने ?हामी आफ्नै जीवनकालमा विकसित, सुशासित र समृद्ध नेपाल निर्माण गरिछाड्ने छौं भन्ने संकल्प सहित देशमा अहिले एउटा नयाँ दलको उदय भइरहेको छ । त्यो हो – नयाँ शक्ति नेपाल ।
अहिलेसम्म विधिवत् स्थापना भइनसकेको ‘नयाँ शक्ति’को संकल्प छ। यो केवल वैकल्पिक राजनीतिक दल हुनेछैन, बरु वैकल्पिक राजनीति हुनेछ । यो पार्टी कुनै बन्द कोठामा होइन, लाखौं नेपालीको सामूहिक संकल्प र प्रतिवद्धता लिएर जनताकै बीचबाट जन्मनेछ । बन्द कोठामा दुईचार मान्छेहरु बसेर दल घोषणा र दर्ता गर्ने, तिनै मान्छेहरु ‘संस्थापक’ हुने प्रचलन र पद्धतिविरुद्ध ‘नयाँ शक्ति’ले दल निर्माण प्रक्रियालाई बृहत्तर, व्यापक जनसहभागितामूलक बनाउने प्रयासस्वरुप २०७३ साल जेष्ठ ३०, ३१ र ३२ गते काठमाडौंमा ‘पार्टी स्थापना राष्ट्रिय भेला’ आयोजना गरेको छ । यो भेलाभन्दा अगाडि दलको सदस्यता स्वीकार गर्ने हरेक अभियन्ता यसका संस्थापक हुनेछन् । जसको लागि ‘आधार निर्माण योजना’ अन्तर्गत २०७३ बैशाख १ गतेदेखि जेष्ठ १५ गते सम्ममा नयाँ शक्ति नेपालका प्रवास शाखा नेपाली समाज इजरायलका अभियन्ताहरु मार्फत इजरायलमा रहनुभएका सम्पूर्ण नेपालीहरु माझ सकेसम्म प्रत्यक्ष सम्पर्क, छलफल, अन्तरक्रियामा सहभागी हुनु भई वा फोन, स्काईप, इमेल वा फेसबुक सञ्जालबाट सम्पर्कमा रहेर नयाँ शक्ति नेपालको अभियन्ता बनी पार्टी स्थापना प्रक्रियामा आफ्नो सहभागिता, स्वामित्व र योगदान स्थापित गर्न इजरायलवासी सम्पूर्ण नेपाली समुदाय माझ हार्दिक आह्वान गर्दछौं । 

शुभेच्छुक महानुभावहरुलाई निम्न नम्बरहरुमा सम्पर्क गर्न हुन समेत सबैलाई हार्दिक अनुरोध गर्दछौ |

सम्पर्क व्यक्ति तथा सम्पर्क फोन नम्बरहरु :

बी बी लामा तामाङ – 0543769214

तेज बहादुर श्रेष्ठ – 0549144745

मन कुमारी मगर – 0547171341

बिशाल ज्ञवाली – 0528657569

तेन्जिङ शेर्पा – 0543019769

बिष्णु सिम्खडा – 050646070

सुमी श्रेष्ठ – 0542819178

जयराम घले – 0536230534

कमल गुरुङ – 0532057035

लाक्पा तामाङ – 0584321863

सानु गुरुङ – 0543403814,

ईश्वरी पौडेल – 0543854560

लक्ष्मण शर्मा – 0548394830

दावा लामा – 0584509215

निर्मला कुमारी खड्का – 0544404658

एलिजा कुमारी लामा – 0549447475

तारा ढकाल – 0542366244

टंक राई – 0542825027

निर्मला जिज्ञासु – 0542165173

रामचन्द्र तामाङ – 0548195168

-अन्तराष्ट्रिय नेपाली समाज इजरायल । (नयाँ शक्ति नेपाल)

 


----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...