धुर्मुस सुन्तली अभियानको हातमा साथ दिदै इजरायलवासी नेपालीहरु

अभियानलाई सहयोग गर्न हार्दिक अपिल

Published Date: May 8, 2016

एन आइ न्यूज इजरायल

गत बर्ष गएको आम विनाशकारी भुकम्पका कारण घरवार विहिन भएकाहरुलाई एकिकृत नमुना बस्ती बनाई सर्वत्र चर्चा कमाएका नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हाँस्य श्रृंखला मेरी बास्सैका चर्चित जोडी धुर्मुस र सुन्तली अर्थात हाँस्य कलाकार दम्पती सिताराम कट्टेल र कुन्जना घिमिरेद्वारा संचालित धुर्मुस सुन्तली फाउन्डेसनले  पुन:  सिन्धुपाल्चोकको ‘गिरानचौर’ गाउँमा रहेका पैसठ्ठी घर परिवार लक्षित एकिकृत नमुना बस्ती वनाउने घोषणा गरेसंगै मध्यपूर्वको इजरायलमा रहेका नेपालीहरुपनि धुर्मुस-सुन्तलीको होस्टेमा हैसे थप्दै जुर्मुराएका छन् ।

०७२ साल बैशाख १२, १३ र २९ गतेको आम विनाशकारी भुकम्प पश्चात करिव  २ करोडको हाराहारीमा आर्थिक सहयोग पठाएका इजरायलवासी नेपालीहरुले धुर्मुस सुन्तली फाउन्डेसनले थालेको अभियानको स्वागत गर्दै इजरायलमा रहेका केही समाजसेवीहरुको पहलमा ‘धुर्मुस सुन्तली सहयोग अभियान’  संचालन गरी  फाउन्डेसनले थालेको उक्त अभियानलाई सफल वनाउन जुटेका हुन् ।

Dhu-ेह

अभियानकर्ताले भुकम्पका कारण अझैपनि पालको वास रोज्न वाध्य भुकम्प पिजितहरुको यस विषम अवस्थालाई मध्यनजर गर्दै धुर्मुस-सुन्तलीले थालेको  उक्त प्रशंसनिय अभियानलाई खुल्ला हृदयले साथ दिन सम्पूर्ण इजरायलवासी नेपालीहरुमा अनुरोध गरेका छन् । अभियानकर्ताले संकलित सहयोग रकम ३५ दिनभित्र धुर्मुस सुन्तली फाउन्डेसनमा हस्तान्तरण गरिने जानकारी गराएका छन् ।

इच्छुकहरुले तपशिलका ब्यक्तिहरुलाई सम्पर्क गर्न सकिने बताएका छन् ।

१) सागर भुसाल – ०५४८१६६५८४
२) राम ढुँगाना – ०५३३३४६७६७
३) अर्जुन पौडेल – ०५४५६०९८८०
४) भोजराज क्षेत्री – ५४४८४६७९४
५) सुबास खरेल -०५३२८५३४०९
६) उमेश नेवार – ०५४७६६०७९६



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...