वर्ल्ड नेवा:अर्गनाईज़ेशन जापानले जापानमा बसोबास गर्ने नेवारहरुको डाटा संकलन गर्ने

Published Date: May 13, 2016

वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले जापान भरि बसोबास गर्ने नेवारहरुको डाटा संकलन गर्ने भएको छ l

जापानका विभिन्न क्षेत्रहरुमा शैक्षिक ,बौद्विक ,व्यावसायिक ,तथा अन्य पेशाहरु अपनाएर बसोबास गरि बस्नु भएका व्यक्तिहरुको बिवरण तयार गर्न लागिएको हो lwno logo

उक्त कार्यको लागि यहि मे १५ तारिखका दिन दिउँसो २ बजे टोक्यो ,शिबुयाको चुबाकी गार्डेनको सभा हलमा छलफल कार्यक्रम हुने भएको छ l

आयोजकले उक्त कार्यक्रममा सहभागी हुन जापानमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजु -भाइ ,दिदी-बहिनीहरुलाई हार्दिक अनुरोध गरेको  छ l तथा उपस्थित हुन् नसक्ने  इच्छुक व्यक्तिहरुले टेलिफोन वा इ-मेलबाट सम्पर्क गर्न पनि आव्ह्वान गरिएको छ l कार्यक्रम स्थलको बिस्तृत जानकारी तल दिईएको छ  l

कार्यक्रम स्थल :Tsubaki Garden Shibuya
ठेगाना : Kaminito Bldg.1F,1-3-1 Higashi,Shibuya-Ku,Tokyo.
JR Shibuya Station ,West Exit Walk 8mins.
मिति : २०१६ मे १५ आइतवार
समय :दिउँसो २ बजे
फोन :03-3409-8090 ,080-4958-0569 (Soft Bank)
इ-मेल :wnojapan@gmail.com
https://www.facebook.com/wnojapan/



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...