इजरायलमा एमाले निकट “प्रवासी नेपाली मन्च इजरायल” को गठन

Published Date: May 16, 2016

एन आइ न्युज, इजरायल।

“राष्ट्रिय एकता आजको आबस्यकता, अनेकतामा एकता प्रवासी नेपालीहरुको प्रतिबद्धता” भन्ने मूल नारा लिएर गत शुक्रबार १३ मे २०१६ मा इजरायलको तेलअविभमा बसेको आम-भेलाले तिर्थ गौतमको संयोजकत्वमा ३५ सदस्यीय तदर्थ समिति “प्रवासी नेपाली मन्च इजरायल”गठन गरेको छ ।

ने. क. पा. एमाले निकट तथा एमाले सङ्ग आस्था राख्नुहुने रोजगारीको सिलसिलामा इजरायल रहेका इजरायलबासि नेपालीहरु, साहित्यकार, कलाकार, व्यवसायी, बिद्यार्थी, पत्रकार, विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थामा आवद्ध नेपाली दाजुभाइ-दिदीबहिनीहरुको गरिमामय उपस्थितिमा संयोजकमा तिर्थ गौतम तथा उपसंयोजक जय ओडारी सहित ३५ सदस्यहरु क्रमश भोला थापा, कृष्ण कुमार रायमाझी, लक्ष्मीधर गौतम, सोम प्रसाद चौलागाई, राजु सिलवाल, राजु ढकाल, खडक कार्की, रमेश रिजाल, नमराज भट्ट, पुष्प कार्की, कमला थापा, बिमला नेपाली, निर्मला पौडल दाहाल, धर्म भण्डारी, अनुथापा के.सी, एन्जेला बजगाई, सुस्मिता चुडाल, बुद्धी पौडल, कमला राई, अन तिमल्सीना, राजेन्द्रप्रसाद न्यौपाने , दुर्गा बी.सी, सैलेन्द्र बुढाथोकी, शान्ति राई, मीना चुडाल, बिष्णुमाया सापकोटा ,रमा भण्डारी, रमेश निरौला, हरि उप्रेती, ददिराम ओली, घिमिरे गौतम, बिष्णु न्यौपाने, चन्द्रा गजुरेल लगायतकालाई सो भेलाले सर्बसम्मत सदस्यमा चयन गरेको हो ।

३५ सदस्यीय समिति चयन पश्चात सो भेलाले सो तदर्थ समिति गठन गर्नुको उधेश्य सहित आफ्नो कार्य योजना पनि प्रस्तुत गरेको थियो । मंचले इजरायलबासी प्रवासी नेपाली हरुलाई एक ठाउँमा एकजुट बनाएर सम्पूर्ण प्रवासी नेपाली हरुको आवाज नेपालसम्म पुराउने, श्रमिकहरुको हकहितको रक्षा गर्दै उनिहरुमाथी हुने अन्याय, अत्याचार तथा थिचो मिचोका विरुद्ध आवाज उठाउने, नेपालीहरु माथी आई पर्ने विभिन्न खालका समस्या समाधानमा पहल गर्ने तथा इजरायलको सन्दर्भमा विभिन्न रचनात्मक, श्रृजनात्मक तथा मनोरञ्जनात्मक कामहरु गरी इजरायलमा रहेका सम्पुर्ण नेपालीको सुख र दुखको साथीका रुपमा इजरायलमा कृयाशिल हुनुका साथै बढीमा ६ महिना भित्र प्रथम अधिबेशन हुने जनाइएको छ ।

यसका साथै प्रवासी नेपाली मन्च इजरायलले प्रबासमा बसेर आफ्नो राजनीतीक आस्था र बिचारलाई निरन्तरता दिदै राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, तथा विश्वब्यापी मानवअधिकारको रक्षा गर्दै नेपाली समाजको पहिचान, आफ्ना हकअधिकारलाई आवाजमा बुलन्ध गर्ने उधेश्यले इजरायलमा कार्यरत नेपालीहरुको सक्रियतामा सो प्रबासी मंच गठन गरिएको पनि बताएको छ ।

मंचले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निम्नलिखित फेसबुक आईडी (प्रवासी नेपाली मञ्च इजरायल) ईमेल आईडी प्रवासी नेपाली मञ्च इजरायल @ yahoo.com मार्फत सम्पर्क गरि समिति आवद्ध हुन्  अनुरोध पनि गर्दै आइरहेको छ ।

 

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...