Loading...

‘रमन राघव २.०’ मा कामुक अवतारमा देखिदै शोभिता

Published Date: May 22, 2016

Sovita Inएजेन्सी– मिस इन्डिया अर्थ २०१३ बनेकी शोभिता धुलिपालाले बलिउड सिनेमामा पाइला राखेकी छिन् । आफूले अभियन गरेको पहिलो फिल्म ‘रमन राघव २.०’ मा उनले ‘बोल्ड सिने’का लागि अरूलाई पछि पारेकी छिन् । यसलाई उनले आफ्नो कामुक अवतारका रूपमा व्याख्या गरेकी छिन् । प्रदर्शनीको तयारीमा रहेको यो फिल्म दर्शकमाझ आएपछि आफूलाई बलिउडकै बोल्ड हिरोइनका रूपमा दर्शकले लिने यी अभिनेत्रीको विश्वास छ । नवाजुद्दिन सिद्दिकीको मुख्य भूमिका रहेको यो फिल्ममा सिद्दिकीसँग काम पर्दा आफूले धेरै कुरा सिक्न पाएको यी अभिनेत्रीले बताएकी छिन् ।

‘थ्रिलर जनर’मा निर्माण गरिएको यो फिल्मको ट्रेलर यसै साता सार्वजनिक गरिएको छ । ट्रेलरमै अभिनेत्री शोभिता निकै कामुक भावमा देखिएकी छिन् । फिल्ममा यो भन्दा धेरै कामुक अवतारमा आफू रहेको यी अभिनेत्रीले दाबी गरेकी छिन् ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...