नेपाली राजदूतावास इजरायलले ९ औ गणतन्त्र दिवस भब्य रुपले मनायो

Published Date: May 29, 2016

एन आइ न्युज, इजरायल ।

अन्जिता आयानेपाली राजदूतावास इजरायलले  विशेष कार्यक्रमको आयोजना गरी नबौं गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ ।

 दूतावासले इजरायलमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पत्रकारहरु लगायत उल्लेख्य नेपालीहरुको उपस्थितीमा कार्यालय परिसर भित्र  एक बिशेष कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस  मनाएको  हो ।

गणतन्त्र प्राप्तिका लागि आफ्नो ज्यान आहुती दिने ज्ञात अज्ञात शहिदहरुको सम्झनामा एख मिनेट मौन धारण गरी नेपाली राष्ट्रिय गानको सुमधुर धुनसँगै औपचारिक रुपमा सुरुवात गरिएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुदै  महामहिम राजदूत प्रल्हाद कुमार प्रसाईले गणतन्त्र प्राप्तिको खातिर आफ्नो ज्यान बलिदान दिने ज्ञात अज्ञात सहिदहरूप्रती हार्दिक श्रदान्जली ब्यक्त गर्दै आन्दोलनमा घाइते भएकाहरुप्रति सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।  उहाँले ले  प्ञ्चायत, प्रजातन्त्र हुदै गणतन्त्रसम्म आइपुग्दा देशले भोगेको अवस्थाको बारेमा संक्षिप्त इतिहास समिक्षा गर्दै रोजगारी, अध्ययन,  व्यवसाय लगायत विभिन्न शिलशिलामा इजरायल,  साइप्रसमा रहेका नेपालीहरु, विश्वका विभिन्न मुलुकहरुमा बसोवास गर्ने नेपालीहरु लगायत सम्पूर्ण नेपालीमा गणतन्त्र दिवशको शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै राजदूत प्रसाईले व्यस्त  ब्यस्त समयको बाबजुद पनि कार्यक्रममा उपस्थित भइदिएकोमा सम्पुर्ण उपस्थितहरुप्रति हार्दिक धन्यवाद  ज्ञापन गर्नुभएको थियो ।

13336379_907107672731717_2080126895_n

त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै नेपाली राजदूतावासका काउन्सिलर तथा उपनियोग प्रमुख रामेश्वर पौडेलले  गणतन्त्र स्थापनार्थ ज्यानको आहुति दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्दाञ्जली प्रकट गर्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एसिसी) इजरायलका अध्यक्ष दिपक ओली, हेल्पिङ हर्ट्स इन इजरायलकी प्रतिनिधि हजुरी शाह कंडेल, सत्य साई सेन्टर इजरायलकी अध्यक्ष नेहा गुरुङ, नेपाल तामाङ घेदुङ इजरायलकी प्रतिनिधी नानीमाया योञ्जन तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

राजदूत प्रसाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली दुतावासका कर्मचारीहरू, NRNA इजरायलका अध्यक्ष दिपक ओली, इजरायलमा रहेका बिभिन्न सामाजिक, धार्मिक तथा जातिय संघसंस्थाका प्रतिनिधिहरूका साथै  विभिन्न अनलाइन  बेस मिडियाकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन  नेपाली राजदूतावासकी  द्वितिय सचिव रोशन खनालले गर्नुभएको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...