इजरायलमा रहेकी गाउँकी चेलीले गाउँको विद्यालयमा सोलार र कप्यूटर जुटाइन

Published Date: June 5, 2016

IMG_0124रोजगारीका लागि इजरायलमा रहेकी म्याग्देली चेली विष्णु पुन मगरको पहलमा आर्थिक संकलन गरी  म्याग्दीको रुम—६ बेलीमा रहेको ज्ञान विकास प्राथमिक विद्यालयलाई र ५ लाख बराबरको सोलार तथा कम्प्यूटर, प्रिन्टर लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

समाजसेवी पुनको सक्रियतामा सुरू गरिएको अभियानबाट संकलित शो रकमबाट विद्यालयलाई दुईसेट सेलार, कम्यूटर, फोटोकपी, प्रिन्टर र दुईवटा ब्याट्टी सहितका आवश्यक इलोक्ट्रोनिक्स साम्रागीहरु हस्तान्तरण गरिएको हो ।

समाजसेवी पुनले हाम्रो नेपाली समाजमा आफ्नो वावु आमाको देहान्तपछि मात्र उनीहरुको सम्झनामा दुखेसो पोख्दै सामाजिक कार्यहरुको गर्ने गरिएको प्रचलन अलि ढोगी देखिने गरेको बताउदै आफ्नो ९१ बर्षिय हजुरवुवा, वुवा र आमाको नाममा उहाँहरुकै विशेष उपस्थितीमा मगर क्रियसनको संयोजनमा ज्ञान विकास प्राविको प्राङ्गणमा  सहयोग हस्तान्तर कार्यक्रमको आयोजना गरी ९१ बर्षिय हजुरवुवा शिवलाल पुनको हातबाट कम्यूटर शुरु गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा गाउँको विद्यालयलाई सहयोग भित्रिएपछि सहयोग संकलन अभियन्ता विष्णु पुन मगरका हजुरवावा शिवलाल पुन, वुवा लालु पुन र आमा भीमसरा पुन सहित कार्यक्रममा उपस्थित भएका अतिथिलाई आमा समुह सहित गाउँलेले घरबाट भब्य स्वागत सहित विद्यालय परिसरमा पुर्याएका थिए भने गाउँकै जेष्ठ नागरिकले कम्यूटर छोएर कार्यक्रमको उद्घाटन गरेको हेर्न बेली गाउँका सबैजसो घरधुरीबाट ठूलो संख्यामा सर्वसाधारणहरु विद्यालयमा पुगेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मगर क्रियसनका संस्थापक आशिर्वाद पुनले विद्यालयलाई आवश्यक पर्ने पुर्वाधार जुटाउन भविष्यमा समेत निरन्तर सहयोग संकलन गरिने बताए । त्यसैगरी विशिष्ट अतिथि मगर संघ म्याग्दीका सचिव लोकेश पुनमगरले सहयोगलाई सदुपयोग गर्न अनुरोध गरे । उनले विद्यालयमा आवश्यक रहेका उपकरणले शैक्षिक गतिविधिलाई अगाडी बढाउन समेत महत्वपुर्ण भूमिका निवार्ह गर्नेमा विश्वास व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा विशेष अतिथी ओमकुमारी शान्ति कोषका उपाध्यक्ष एवम् पत्रकार हरिकृष्ण गौतमले विद्यार्थीको पठनस्तरमा सुधार ल्याउन आधुनिक प्रविधिको समेत प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीलाई पढ्ने बानीको विकास गराउने गरी कम्यूटर शिक्षालाई समेत प्राथमिकता राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा समाजसेवी विष्णु पुनले टेलिफोन मार्फत कार्यक्रममा आफ्नो मन्तव्य राखेकी थिएन । एक्कासी गाउँकै नमुना र गाउँका हरेक सामाजिक कार्यमा सक्रिय रहेकी आफ्नी चेलीको प्रदेशबाट फोन आउदा उपस्थित सबै सतर्क बने । सबैलाई सम्बोधन गदैं पुनमगरले आफ्ना भनाई राख्न सुरु गरेलगत्तै धेरैको आँखाबाट बररर आँसु झर्न थाले । गाउँकी एक चेली त्यो पनि प्रवासमा रहेर गाउँको सम्रग विकासमा खेलेको भूमिकाबाट उत्साहित भइरहेका गाउँले आफ्नो गाउँको विकासमा विदेशबाट गरिरहेको प्रयाससंगै उनका भनाई सुनिरहदाँ आँसुका ढिका खसालिरहेका थिए । मञ्च नजिकै रहेका विष्णुका बुबा लालु पुनले स्वर सुन्ने वित्तिकै आसुँ खसालेका थिए । करिव १० मिनेट विष्णुले गाउँको विकास, शिक्षा सहित विभिन्न विषयमा बोलिरहदाँ धेरैले त्यसलाई मोवाईलमा समेत रेर्कड गरेका थिए । गाउँमा विद्यालयको अभावमा नजिकैको विद्यालयसम्म पुग्न लाग्ने समयलाई अन्त्य गदैं विष्णुको सक्रियतामा स्थापना भएको विद्यालय, आमा समुह, यूवा क्लवले गाउँमा खेल्नुपर्ने भूमिकाको विषयमा समेत उनले आफ्नो सम्बोधनमा राखेकी थिईन् ।  पुनले कार्यक्रममा राजधानीदेखि स्कुलसम्म सामाग्रीहरु बोकेर पुर्याउने आशिर्वाद पुन मगर लगायत उनको टिम, मगर संघ म्यागेदीका सचिव लोकेश पुन मगर,ओमकुमारी शान्ति कोषका उपाध्यक्ष एवम् पत्रकार हरिकृष्ण गौतमप्रति हार्दिक आभार व्यक्त गरेकी थिइन ।

गाउँमा पुनमगरले गरेको सहयोग र सक्रियताले मुहार नै फेरिएको गाउँलेको भनाई छ । सोही अवसरमा मगर क्रियसनका आशिर्वाद पुनले आमा समुह, विद्यालय र यूवा क्लवलाई ५ हजारको दरले सहयोग गरेका थिए ।

 २०६८ सालमा स्थापना भएको विद्यालयमा ४८ जना विद्यार्थी अध्ययरत छन् । विद्यालय स्थापनामा समेत इजरायलमा रहेकी विष्णु पुन मगरको विषेश योगदान रहेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीयले लोपउन्मुख मारुनी नृत्य सहित विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...