अष्ट्रेलियाको राष्ट्रिय जुडो प्रतियोगितामा नेपाली खेलाडीलाई स्वर्ण र कास्य

Published Date: June 13, 2016

सानु घिमिरे , अस्ट्रेलिया ।
अस्ट्रेलियाको जिलोङ शहरमा यही जुन १० तारिख शुरु भएको चार दिने ४१ औं अस्ट्रेलियन राष्ट्रिय जुडो च्याम्पियनसिपमा २०१३ देखि  अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले स्वर्ण पदक जितेका छन् । Mohan and Edmund Yuen
अस्ट्रेलियाको राष्ट्रिय स्तरको टाइटल उन्ले यो तेश्रो पटक हासिल गरेका हुन । यस अघि यो किसिमको सफलता उन्ले २०१४ र २०१५ मा पनि हासिल गरेका थिए । २००४ मा १३ बर्षको उमेरदेखि उन्ले जुडो खेल शुरु गरेका हुन र नेपाल जुडो च्याम्पियनको उपाधी उन्ले २०१२ मा हात परेका थिए । मोहनले अस्ट्रेलियामा सेन्सी जुडो एकेडेमी र बेन्डिगो जुडो क्लबमा समेत प्रशिक्षण दिइरहेका छन् ।
मोहनले एडमन्ड युएनसँग मिलेर पुरुष नागे नो कातामा स्वर्ण जितेका हुन् । तीन जोडीले प्रतिस्पर्धा गरेको यो प्रतिस्पर्धा मोहन र एडमन्डले ९० प्रतिशत अंक बटुलेका थिए । उक्त खेलमा रजत पदक बिजेताले र कास्य पदक बिजेताले क्रमश: ७७ र ७४ अंक बटुलेका थिए ।
भिक्टोरियास्थित जिलोङ स्पोर्ट्स एरिनामा भइरहेको प्रतियोगितामा अर्का नेपाली खेलाडी खेम भण्डारी थापाले ६० केजी तौलसमूहमा कास्य पदक हासिल गरे । सोमबार सम्पन्न हुने यो खेलमा नेपालीहरुमा यी दुई जना मात्रै सहभागी भएका थिए ।
मोहनले गत बैशाखमा नेपाल जुडो संघ मार्फत १२ औं दक्षिण एसियाली खेलकुद (साग) को जुडोमा स्वर्ण जितेकी फपुल्हामु खत्रीलाई २५ हजार तथा रजत विजेताद्वय लीला अधिकारी र मनीता श्रेष्ठ प्रधानलाई ५–५ हजार नगद पुरस्कार प्रोत्साहन रुवरुप उपलब्ध गराएका थिए । Medal to winner
मोहन बम, एडमन्ड युएन र खेम भण्डारी थापाको सम्मानमा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले चियापानको आयोजना गरी उहाँहरुले प्राप्त गर्नु भएको सफलताको लागि बधाई ज्ञापन गर्दै आगामी दिनमा यस्तै किसिमका सफलता हासिल गर्नका लागि शुभ-कामना दिनु भएको थियो ।


----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...