सिद्धि विनायकमा निशुल्क मुटु परीक्षण

Published Date: June 13, 2016

accccशिशिर सिम्खडा, चितवन ।

पूर्वी चितवनको कालिका नगरपालिका ७, खोलेसिमल स्थित सिद्धि विनायक आवासीय मा.वि. मा निशुल्क मुटु परीक्षण गरिएको छ ।

चितवन एभरेष्ट अस्पताल र कलेज अफ मेडिकल साइन्सेज भरतपुरको आयोजनामा विद्यालयका सबै विद्यार्थीहरुको मुटु परीक्षण गरिएको हो । विद्यालयमा रहेका ९ सय ८८ जना विद्यार्थी मध्ये मुटुको समस्या देखिएका विद्यार्थीहरुको निशुल्क इको लगायतका परीक्षणहरु गरिएको चितवन एभरेष्ट अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. शंकर लौडारीले जानकारी दिए ।

सो परिक्षण कार्यक्रममा डा. लौडारी सहित डा. कौशल किशोर तिवारी, डा. निशा रेग्मी, डा. प्रविण चौधरी लगायतका स्वास्थ्यकर्मीहरुको समूहले विद्यार्थीको मुटु परीक्षण गरेका थिए । bcccccccc

सो कार्यक्रमको अवसरमा डा. शंकर लौडारी, चितवन एभरेष्ट अस्पतालका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद घिमिरे, जुटपानी रेडक्रस उपशाखाका सभापति गणेश शर्मा पौडेल, पिठुवा स्रोत केन्द्रका स्रोतव्यक्ति अनिता अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, विद्यालयका सहायक प्राचार्य नवराज बञ्जारा, डाइरेक्टर लीला बहादुर गुरुङ्ग, शिक्षक फणिन्द्र सेढाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम विद्यालयका प्राचार्य विष्णुमणी लामिछानेको अध्यक्षतामा भएको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...