अफगानिस्तानको काबुलमा आतंकवादी आक्रमणमा १४ नेपालीको मृत्यु

प्रधानमन्त्री ओलीद्धारा घटनाको निन्दा

Published Date: June 20, 2016

afganistanएजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी संगठन तालिबानले गराएको आत्मघाती बम विस्फोटमा १४ जना मारिएका छन् । सोमबार बिहान मिनिबसमाथि बम विस्फोट गराउँदा मारिनेहहरु मध्ये १४ जना नेपाली रहेको अफगानिस्तान गृह मन्त्रालयले जनाएको छ । ती सबै साब्रे सेक्युरिटी कम्पनी मार्फत क्यानेडियन राजदूतावासमा काम गर्ने गरेको स्रोतले जनाएको छ   । विस्फोटमा परी घाइते भएका ९ जना मध्य  पाँचजना नेपाली र चारजना अफगानिस्तानी रहेको त्यहाँको गृहमन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्  ।

अफगानिस्तानतो जलालावादस्थित क्याम्पमा जाँदै गर्दा गराइएको घटनाको जिम्मेवारी तालिबान समुहले लिएको छ । सुरक्षा गार्ड चढेको दुईमध्ये एक गाडी निस्केपछि अर्कोमा आक्रमण गरेको बताइएको छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले बम विस्फोटमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । घटनाले आफू स्तब्ध भएको प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटर मार्फत् जनाएका छन् ।ओलीले आक्रमणमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ‘आततायी काबुल घटनाको नेपाल सरकार घोर निन्दा गर्दछ’–भनेका छन् ।

त्यस्तै, काबुलमा गराइएको उक्त आत्मघाती आक्रमणमा नेपाली मारिएकोप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गर्दै नेपाललाई आवश्यक सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत् उक्त आत्मघाती आक्रमणको भत्सर्ना गर्दै घटनामा मारिनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...