अन्तराष्ट्रिय कलाकार मञ्च इजरायलको अध्यक्षमा माला खनाल

Published Date: June 22, 2016

13434907_680709132080140_4015261010204542963_nअन्तराष्ट्रिय कलाकार मञ्च इजरायलको अध्यक्षमा माला खनाल सर्वसम्मत चयन भएकी छिन् ।

गत १७ जुन शुक्रवार तेलअभिवमा बसेको अन्तराष्ट्रिय कलाकार मञ्च इजरायलको भेलाले विभिन्न क्षेत्रमा रहेका कलाकारहरुलाई समेटी खनालको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको अध्यक्षमा माला खनाल, उपाध्यक्षमा : सिता घिसिङ, महासचिबमा : पेमा लामा, सचिवमा : रेशम क्षेत्री चयन भएका छन् भने  कोषाध्यक्षको जिम्मेवारी कादम्बरी दाना श्रेष्ठलाई दिइएको छ । त्यस्ता समितिको सह-कोषाध्यक्षमा पद्मा गुरुङ चयन भएकी छिन् । त्यस्तै समितीको सदस्यहरुमा क्रमश: धर्म भण्डारी, अनिल सिह राजपुत, हेमा लामा, युनिका गुरुङ, प्रिनिशा कन्दंग्वा, कुमार आंग्देम्बे, अवि अम्बिका सुबेदी, सारा तमाङ, सरु राइ, मेरिना कन्दग्वा, नुतन भुसाल, अनुराज मोक्तान, रमन अधिकारी, क्याटी क्षेत्री, सबित्री सुनुवार, पेमा ह्योल्मो, एक्सन विस्ट,  पेम्बा शेर्पा र कल्पना लावती चयन भएका छन् ।

त्यस्तै भेलाले ३ संरक्षक सहित ६ सदस्य सल्लाहकार समितिको  पनि चयन गरेको छ । संरक्षकमा कृष्ण रायमाझी, दिपेन्द्र थापा र काजल घिमिरेलाई चयन गरिएको छ भने सल्लाहकारुमा उर्मिला पाख्रिन, रियाज सिवाकोटी, रश्मी केसी, बिष्णु सिम्खडा, नेहा गुरुङ र मिना बान्तवा रहेका छन् ।

त्यस्तै कार्यसमिति चयन पश्चात बसेको समितिको पहिलो बैठकले आन्तरिक प्रायोजनका लागि विभिन्न विभाग र ति विभागको जिम्मेवारी पनि छुट्टाएको बताइएको छ । जसमा संचार तथा प्रचार प्रसार : बिभागको प्रमुखमा अनिल सिङ राजपुत्, नाटक तथा हास्य व्यङ्ग्य  बिभाग प्रमुखमा धर्म भण्डारी, नाटक तथा हास्य व्यङ्ग्य बिभाग उपप्रमुखमा रमन अधिकारी, गायन बिभाग प्रमुखमा हेमा लामा गायन बिभाग उपप्रमुखमा कुमार आंग्देम्बेवअवि, नृत्य बिभाग प्रमुखमा युनिका गुरुङ र नृत्य बिभाग उपप्रमुखमा प्रिनिशा कन्दंग्वालाई जिम्मावारी छुट्टाइएको छ ।

सम्पूर्ण नव गठित सदस्यहरु पदाधिकारीहरुले (कलाकारहरुले) अन्तरास्ट्रिय कलाकार मंचको लक्ष्य तथा उद्देश्यलाई पूर्ण रुपमा साथ र सहयोग गर्ने विश्वास जाहेर गरेका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...