चितवनको मनकामना अस्पतालद्वारा निशुल्क स्वास्थ्य परीक्षण
शिशिर सिंखडा, भरतपुर, चितवन।
मनकामना अस्पताल भरतपुरको आयोजनामा आज निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
सो स्वास्थ्य परीक्षण भरतपुर एयरपोर्ट अगाडि अस्पताल परीसरमा र नवलपरासीको पितौजीघाटमा संचालन गरिएको हो । भरतपुरमा आयोजित हाड जोर्नी तथा नसा रोग सम्बन्धी निशुल्क स्वास्थ्य परीक्षणमा १ सय ८ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । सो कार्यक्रममा हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. अर्जुन श्रेष्ठ, डा. सुरेश पाण्डे, डा. शंकर ढकाल लगायतको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।
त्यस्तै नवलपरासीको पितौजीघाटमा ज्येष्ठ नागरिकहरुको लागि निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । सो कार्यक्रममा २ सय ४८ जना वृद्धवृद्धाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रममा महिला तथा प्रसुती रोग विशेषज्ञ डा. बन्दना खनाल, छाती मुटु पेट तथा थाइराइड रोग विशेषज्ञ डा. महेन्द्र अग्रहरी, मेडिकल अफिसर डा. विजय गुप्ता लगायतको टोलीले स्वास्थ्य परीक्षण
गरेको थियो ।
शिविरमा स्वास्थ्य परीक्षण गरेको बिरामीहरुको सो अस्पतालले ओ.पि.डी. शुल्क नलाग्ने र सम्पूर्ण परीक्षणमा छुटको समेत व्यवस्था गरेको अस्पतालका अहेव बुद्धि अधिकारीले जानकारी दिए ।
