९९ बोत्तल कोरेक्स सहित कपिलवस्तुको कृष्णनगरबाट एक जना पक्राउ

Published Date: July 6, 2016

hatkadiभारतबाट अबैध रुपमा नेपाल भित्र्याएको एकसय मि.लि. का ९९ बोत्तल लागू औषध कोरेक्स  सहित एक व्यक्तिलाई सशस्त्र प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ जिल्ला कोइलाबास गाविस वडा नं. २ स्थायी घर भएका ४२ वर्षीय अस्पाक अहमद हलवाई रहेका छन् ।

रा २ प ४९७५ नम्बरको टीभीएसको अपाचे मोटरसाइकलमा राखी लुकाइछिपाई गरी ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा कृष्णनगर नपा ४, लिंकगेटबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक शिव गैरेले जानकारी दिए ।

सशस्त्र प्रहरी नायब निरीक्षक तुलिबहादुर बेलबासेको कमाण्डमा खटिई गएको ९ जनाको टोलीले साँझ साढे ६ बजेको समयमा चेकजाँचका क्रममा कोरेक्स फेला परेपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक गैरेले बताए।

बरामद गरिएको कोरेक्स, मोटरसाइकल र मान्छेलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरको जिम्मा लगाइएको गैरेले जनाए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...