भुकम्प पिडित संघ र वर्ल्ड नेवा: अर्गनाईजेशन जापानद्वारा सहयोग हस्तान्तरण

Published Date: July 9, 2016
गत बर्षको  आम-विनासकारी भुकम्पबाट  पिडितहरुको सहयोग स्वरुप किर्तिपुर भोलिन्टियर सोसाईटिका अध्यक्ष रोजेश मान प्रधानलाई ने.रु.१०१,२०८ वर्ल्ड नेवा: अर्गनाइजेशन जापानका संथापक सदस्य प्रो. डा.केशवलाल महर्जनबाट २०१६ जून १० तारेखका दिन एक समारोहमा हस्तान्तरण गरियो l  wno logo
भुकम्प पिडितको लागि सहयोग गरिदिनु भएकोमा वर्ल्ड नेवा: अर्गनाईजेशन जापानलाई  धन्यबाद दिंदै यस्तै सहयोगी हातले गर्दा  सोसाईटि अझ उत्साहित भएको कुरा अध्यक्ष  रोजेश मान प्रधानले आफ्नो बिचार व्यक्त गर्नु भएको थियो l
उक्त रकम भुकम्प पिडित बालबालिका बिद्यार्थी  फण्डमा जम्मा गरी पिडित बाल बालिकाहरुलाई छात्रवृति दिइने कुराको जानकारी प्रधानले   गराउनु भएको थियो  l
आफ्नो बिचार व्यक्त गर्ने क्रममा प्रो. डा.केशवलाल महर्जनज्युले वर्ल्ड नेवा: अर्गनाईजेशन जापान संधै नेपालको लागी सहयोग गरौं भन्ने भावनाले गठन भएको हुनाले भविष्यमा पनि यस्तै रचनात्मक कार्य हरु गर्दै जाने  कुराको जानकारी गर्नु भएको थियो l
हिरोसिमा बिश्वबिध्यालय २०१५ भुकम्प पिडित संघ र वर्ल्ड नेवा: अर्गनाईजेशन जापानको सक्रियतामा उक्त रकम संकलन गरिएको हो l


----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...