धुर्मुस-सुन्तली फाउन्डेसनलाई चितवन समाज इजरायलद्वारा आर्थिक सहयोग हस्तान्तरण

Published Date: July 14, 2016

एन आइ न्युज , इजरायल।

20160714_152116000_iOSरोजगारीको सिलसिलामा इजरायल रहेका चितवनवासी नेपालीहरुको संस्था चितवन समाज इजरायलले सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची नगरपालिका–८ को गिरान्चौर एकीकृत नमुना बस्तीका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई  . दुई लाख पैतिस हजार चार सय त्रिसठ्ठी रुपैयाँ आर्थिक सहयोग हस्तान्तारण गरेको छ ।

गत वर्षको भूकम्प र त्यसपछिका परकम्पले तहसनहस पारेको गिरान्चौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले विशुद्ध सामाजिक उद्देश्य लिई सामूहिक घर निर्माण गरी भूकम्पपीडितलाई निःशुल्क घर हस्तान्तरण गर्ने कार्य गरिरहेकाले सो सामाजिक कार्यमा हातमा हात राख्दै साथ दिन चितवन समाज इजरायलले चितवन समाज इजरायलमा आवद्द पदाधिकारी सदस्यहरु लगायत इजरायलमा रहेका नेपालीहरुमाझ सहयोग अभियान संचालन गरी संकलित रकम सहयोग गरेको जनाएको छ ।

समाजले गत १३ जुलाई वुधवार समाजका नेपाल प्रतिनिधि मेघराज ज्ञवाली लगायत चितवन समाज इजरायलमा आबद्द सदस्यहरुको प्रत्यक्ष उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरी उक्त रकम हस्तान्तरण गरेको थियो ।

कमजोर आर्थिक अवस्था भएका र अति पछाडि परेको समुदायलाई प्रोत्साहनस्वरुप धुर्मुस-सुन्तली फाउन्डेसनको पहलमा गिरान्चौरको तामाङ समुदायमा निर्माण गर्न थालिएको एक सामुदायिक हलसहित ६५ घर निर्माणार्थ देश तथा विश्वका विभिन्न मुलुकहरुबाट सहयोग आउने क्रम जारी छ । त्यसै क्रममा  चितवन समाज इजरायलले पनि फाउन्डेसनलाई सो  सहयोग रकम पठाएको हो ।

देशको हरेक कुनामा परेको समस्यालाई सदा आफ्नो समस्या सम्झने चितवन समाज इजरायलमा आवद्ध सम्पुर्ण सहयोगीहरुले भूकम्पको तहस-नहस पछी चलेको धुर्मुस-सुन्तली एकीकृत नमुना बस्ति अभियानमा आफुहरुले कमाएको पैसाबाट सानो सहयोग भए पनि गर्न पाउनु एकदमै खुसि र गर्वको कुरा भएको बताएका छन् ।

चितवन समाज इजरायलद्वारा गिरानचौर एकीकृत नमुना बस्ती आर्थिक संकलन कार्यमा साथ र सहयोग दिदै आफ्नो अमुल्य सहयोग गर्ने दाताहरुको नामवली यसप्रकार रहेको छ ।

१.शान्ता अधिकारी ज्ञवाली रु १०,००१/-

२.बसंत प्रसाद बास्तोला रु १६,६६६/-

३. सरिस्मा बराल रु ५,५५५/-

४. प्रभा घिमिरे रु ५,५५५

५.नयन सापकोटा (रामू) रु ५,४००/-

६. नीलम भुसाल रु ६,०००/-

७.भगवती मल्ल रु ५,१०० /-

८. चन्द्र प्रकाश ढकाल रु ७,७७७/-

९.रमा पौडेल रु ६,१००/-

१०.सबिशा थापा रु १५,५१५/-

११.चिरञ्जीवी मिश्र रु ८,३६८ /-

१२. नमूना पौडेल पराजुली रु ५,१००/-

१३. कमला गुरुंग रु ५,००० /-

१४. चुनु उषा देवकोटा रु ५,५५५/-

१५. गायत्री ढकाल रु ५,००० /-

१६.माया सुबेदी रु १०,७००/-

१७.प्रभा शर्मा रु ५,००० /-

१८. सम्झना पन्त रु १५,०००/-

१९.बिमला शर्मा रु ५,००५/-

२०.सम्झना सिङ्ग(जीना) रु ५,०००/-

२१.चन्दा छेत्री रु ५,५००/-

२२.माया सुयाल रु ५,१००/-

२३.पूनम पौडेल रु ३,५००/-

२४. हीरू सुबेदी रु ४,०००/-

२५. तीर्थ नेपाल रु २,२२२/-

२६. कमल कंडेल रू २,९०७/-

२७. कमल गुरुङ्ग रु ५,१०० /-

२८. दीपक सिलवाल रु २,९०७/-

२९. बिनोद बिक रु ५,१००/-

३०. उषा थापा रु ५,१०० /-

३१. देवी पौडेल रु २,९०७/-

३२. सुचित्रा खनिया रु २,९०७/-

३३. सरस्वती भण्डारी रु २,७९६/-

३४. सरस्वती जमरकट्टेल रु २,७९६/-

३५. संजिला सुनार रु २,९०७/-

३६. अश्मिता भण्डारी रु २,७९६/-

३७. बिन्दु चौधरी रु २,७९६/-

३८. अम्बिका थापा सापकोटा रु २,७९६ /-

३९. लक्ष्मी बस्नेत रु २,९०७/-

४०. गीता पोख्रेल रु २,७९६/-

४१. नीतू तिवारी रु २,७९६/-

४२. दुर्गा अर्याल रु २,९०७/-

४३. दमयन्ती पुन रु १,५२३/-

४४. मोहन पूरी रु ५,०००/-

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...