मगर संघ इजरायलले आफ्नो तेस्रो वार्षिकोत्सव भव्य रूपमा मनायो

Published Date: July 17, 2016

एन आइ न्यूज इजरायल
इजरायलमा रहेका मगर समुदायको संगठन नेपाल मगर संघ इजरायलले आफ्नो स्थापनाको तेस्रो वर्ष पुरा भएको उपलक्ष्यमा विशेष सांस्कृतिक तथा वनभोज कार्यक्रमको आयोजना गरी तेस्रो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
मगर समुदायको भाषा, धर्म, भेषभुषा, संस्कृति, पहिचान र परम्परालाई जगेर्ना गर्दै प्रवासी भुमीमा रहेका मगर समुदायविच एकता कायम गर्ने उद्धेश्यले प्रवासी भुमी इजरायलमा रहेका मगर समुदायद्वारा स्थापना गरिएको मगर संघ इजरायलले गत १५ जुलाई शुक्रवार तेलअभिवको नजिकै रहेको भुमध्यसागरको किनार (सि साइड )मा  विशेष सांस्कृतिक तथा वनभोज का्र्यक्रमको आयोजना गरी तेस्रो बार्षिक उत्सव मनाएको हो ।IMG_3196
नेपाल मगर संघ इजरायलका अध्यक्ष बसन्त रास्कोटी मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै संस्थाकी तृतिय उपाध्यक्ष लता पुन मगरले प्रदेशी भुमीमा रहेर आफ्नो जातिगत भाषा, भेषभुसा तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्थापना गरिएको मगर संघ इजरायलको तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको अवसरमा बार्षिक उत्सव मनाउन पाउदा निकै गौरवान्वित महसुस गरेको बताएकी थिइन् ।

IMG_3116कार्यक्रममा मगर संघ इजरायलका महासचिव राम थापा मगरले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तूत गर्नुभएको थियो । त्यस्तै समाजका कोषाध्यक्ष जय पुन मगरले संस्थाको बार्षिक आम्दानी तथा खर्चको विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष विष्णु पुन मगर, द्वितिय उपाध्यक्ष लिला थापा मगर, सल्लाहकार नन्द राना मगर, नविन न्यूज डट कमका संचालक कृष्ण रायमाझी लगायतकाहरुले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमको समापन गर्दै सभापति बसन्त रास्कोटी मगरले आफ्नो व्यस्त समयको वावजुध पनि कार्यक्रममा उपस्थित भएका सम्पूर्ण उपस्थितहरुप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमलाई सफल गराउन उल्लेख्य भुमिका खेल्ने संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्नूभएको थियो ।

कार्यक्रममा मगर संघ इजरायलका कलाकारहरुले विभिन्न मगर संस्कृति झल्किने गीत नृत्य तथा नाटक प्रस्तूत गरेका थिए । नृत्य तथा नाटक प्रस्तुत गर्ने कलाकारहरुमा पुर्णिमा पुन मगर, चित्र जुग्जाली मगर, सिमन पुर्जा मगर, जया पुर्जा मगर, पुनम पुर्जा मगर, मनु पुर्जा मगर, मञ्जु पुन मगर रहेका थिए ।  अनौपचारिक सांगितिक कार्य़क्रमको रुपमा शनिवार विहानसम्म चलेको उक्त कार्यक्रम मगर संघ इजरायलका महासचिव राम थापा मगरले सन्चालन गर्नु भएकाे थियाे ।

कार्यक्रममा स्वादिष्ट मगर परिकार हरू पनि  समावेश गरिएका थिए ।

IMG_3014



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...