एक लाख ५७ हजार घुससहित इञ्जिनियर पक्राउ

Published Date: July 21, 2016

ghus-curruptionदाङ, ६ साउन । जल उत्पन्न प्रकोप नियन्त्रण फिल्ड कार्यालय लमही, दाङका इञ्जिनियर रामदुलारी शरण भगत रु एक लाख ५७ हजार घुससहित पक्राउ परेका छन् ।

आज इञ्जिनियर भगतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरको एक टोलीले रङ्गेहात पक्राउ गरेको हो । गोवरडिहा गाविस– ८ खहरे भालुखोलामा तटबन्धका लागि तारजाली योजनाबापतको रु १७ लाख ९३ हजार ६०० को बजेट करकट्टी गरेर रु एक लाख ५७ हजार घुस बुझ्दै गर्दा उनी अख्तियारको फन्दामा परेका हुन् ।

लमही नगरपालिका– ११ लमहीस्थित डेराबाट अख्तियारको टोलीले इञ्जिनियर भगतलाई पक्राउ गरेको अख्तियारका क्षेत्रीय सूचना अधिकारी चूरामणि पराजुलीले जानकारी दिनुभयो । इञ्जिनियर भगतलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र अनुसन्धान तत्काल सुरु गरिने पराजुलीले बताउनुभयो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...