डा केसीका मागबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

सरकारी टोलीसँगको वार्ता सकारात्मक

Published Date: July 21, 2016

20qq विभिन्न मागहरु राखी १२ दिनदेखि अनशनरत    प्राध्यापक डा. गोविन्द केसीका मागबारे छलफल गर्न माग गर्दै व्यवस्थापिका संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

सांसद गगन थापाको प्रस्तावमा श्याम श्रेष्ठ प्रस्तावक र धनराज गुरुङ समर्थक छन् ।

उक्त प्रस्तावलाई सभामुखले संसदको कार्यसूचीमा राखेपछि मात्रै त्यसबारे छलफल हुनेछ ।

व्यवस्थापिका संसदको कार्यसूचीमा अविश्वासको प्रस्तावलाई प्राथमिकता दिने वा बजेटसम्बन्धी विधेयकलाई प्राथमिकता दिने भन्ने विषयमै दलहरुबीच विवाद भइरहँदा आज बस्ने भनिएको संसद बैठक बस्न सकेको छैन ।

यसैविच डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । आज स्वास्थ्य मन्त्रालयमा करिब चार घण्टा चलेको वार्ता सकारात्मक सकारात्मक भएको दुवै पक्षकता वार्ताकारहरुले जनाएका छन् ।  छलफल भएको विषय बारे डा. केसी र प्रधानमन्त्रीलाई जानकारी गराएपछि वार्ता पुनः शुरु हुने सरकारी वार्ता टोलीका सदस्य तथा स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीले जानकारी दिए ।

KC bartaचार मध्ये तीन वटा बुँदामा सकारात्मक छलफल भएको र बुँदा नम्बर दुईको माग सम्बन्धित निकायमा सिफारिस गरिने विषयमा छलफल भएको उप्रेती बताउँछन् । डा. केसीले बुँदा नम्बर दुईमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग राखेका छन् ।

डा. केसीको तर्फबाट वार्तामा सहभागी डा. जीवन क्षेत्री पनि वार्ता सकारात्मक रुपमा अघि बढेको बताउँछन् । क्षेत्री भन्छन्, “आशा गरौं–भरे भोलिसम्म वार्ता सफल हुन्छ ।”

वार्तामा डा केसीका तर्फबाट डा. रञ्जन सापकोटाको संयोजकत्वमा डा. अञ्जनीकुमार झा, डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, डा. सुमन आचार्य र डा दिनबन्धु रेग्मी सहभागी थिए ।

१२ दिन देखि आमरण अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै जानलागेपछि सरकारले अनसनको ११ औं दिनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिव सम्मिलित तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...