एक मुठी चिउराको भरमा सिंगो परिवार

Published Date: July 31, 2016

नवीन शिशिर
बागलुङ, १५ साउन,
जिल्लाको पश्चिमी विकट गाउँ अधिकारीचौरका पहिरोपीडित तीन दिनदेखि एकमुठी चिउराको भरमा दिन कटाउन बाध्य छन् । लगातारको वर्षापछिको पहिरोले अधिकारीचौर–७ दोगाडी र छालहाल्नेका ७२ घर परिवार नेपाली सेनाले दिएको चिउराको भरमा जीवन कटाइरहेका छन् ।

लगातारको वर्षाका कारण पहिरो गएको स्थानमा राहत र उद्धारका लागि पुग्न नसक्दा पीडित परिवार गत १२ साउनमा सेनाले पु¥याएको सीमित चिउरा र केही बिस्कुटको भरमा कष्टकर गुजारा चलाउन बाध्य भएका हुन् ।

७ र ५ दुई वडाका ७२ घर पहिरोले बगाएर पूर्णरूपमा बगरमा परिणत भएका छन् । वासस्थान बगाएपछि उनीहरू नजिकैको जंगलमा रहेका गोठमा कष्टकर जीवन बिताइरहेका छन् ।

सो क्षेत्रमा गत ४ साउनको रात पहिरो खस्दा घरहरू पुरिएका थिए भने पहिरोमा परी ६ जनाले ज्यान गुमाइसकेका छन् । घटनास्थल पुगेर फर्किएका कृष्ण कँडेलका अनुसार खाने अन्नपात र घरका सबै सामान गुमाउनुपर्दा उनीहरू सेनाले दिएको चिउरा र बिस्कुट बाँडेर जीवन बचाइरहेका छन् भने पिउने पानीको समेत समस्या छ ।

Chiura
निरन्तरको वर्षापछि आएको पहिरोले बगाएको अधिकारीचौरस्थित बोंगा दोभान गाउँ

‘१२ गते सेनाको हेलिकोप्टरमार्फत सेनाले ल्याएको चार बोरा चिउरा, ५१ पोका तेल, पाँच कार्टुन चाउचाउ र पाँच प्याकेट बिस्कुट सबैले अलिअलि बाढेर खाइरहेका छांै,’ अधिकारीचौर–५ की दिलमाया बुढालाई उद्धृत गर्दै कँडेलले राजधानीसँग भने । उनका अनुसार निरन्तरको वर्षा र ठाउँठाउँमा गएको पहिरोका कारण सेना र आसपासका केही स्थानीयबाहेक सो स्थानमा पहिरो गएको ११ दिन बितिसक्दा पनि कोही पुग्न सकेको छैन । राहत र उद्धारका लागि बुर्तिबाङ सेवा एकीकृत सेवा केन्द्रले प्रयास गरे पनि सफल भएको नभएको अधिकारीचौर पुगेका कँडेलले भने ।

घरवारविहीन सो गाउँका बासिन्दा आकाश गडगडाउँदासमेत हेलिकोप्टरमार्फत राहत आयो कि भनेर आकाशमा हेरेर दिन बिताउने गरेको कँडेलले बताए । सो क्षेत्रमा अहिले खाने अन्नदेखि लिएर लत्ताकपडासमेत छैन । निरन्तर वर्षा हुँदा टाउको ओत्ने छानोसमेत गुमाएका बाढीपीडित बालबालिका तथा ज्येष्ठ नागरिक थप समस्यामा परेका छन् । पिउनलाई पानीको मुहानसमेत पहिराले बगाएपछि दूषित पानी पिउन उनीहरू बाध्य छन् । स्थानीयका अनुसार पीडितहरू कोही छिमेकी, आफन्त तथा केही अधिकारीचौर–५ छहरा जंगलमा रहेको गोठमा रात काट्न बाध्य छन् । वर्षासँगैको पहिरोका कारण ग्रामीण सडक अवरुद्ध हुँदा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउनकठिनाइ भएको हो ।

बाढी पहिरोले घरमा भएको अन्नबाली, लत्ताकपडा सम्पूर्ण माटोमा मिलाइदिए पनि बाढीपहिरोपीडितलाई एक छाक भोक मेट्न र नांगो शरीर छोप्नसमेत कठिन भएको स्थलगत अध्ययनमा पुगेका कँडेलले जानकारी दिए ।

सदरमुकामबाट एक दिनको गाडी यात्राबाट मुस्किलले पुगिने सो स्थानमा राहतको आशमा स्थानीयले दगाडी भन्ने स्थानमा हेलिप्याडसमेत निर्माण गरेका छन् । तर, मौसमको खराबीका कारण शनिबारसम्म सो क्षेत्रमा हेलिकोप्टर पुग्न सकेको छैन ।

राहत लिएर बिहीबार गएको नेपाली सेना र सशस्त्र प्रहरीको भ्यान भीमगिठेको पहिरोले रोकिएका कारण पीडितका लागि राहतसमेत पठाउन सकिएको छैन । हेलिकोप्टरमार्फत पु¥याएको राहत प्रतिपरिवार एक मुठी चिउरा पुगेको स्थानीय पवित्रा बुढाले जानकारी दिइन् । केही पालसमेत वितरण गरे पनि सम्पूर्ण प्रभावितले सामान्य राहतसमेत पाउन नसकेको गुनासो गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल खड्काका अनुसार १२ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत अधिकारीचौरमा चार बोरा चिउरा, ५१ पोकातेल, पाँच कार्टुन चाउचाउ र पाँच प्याकेट बिस्कुट पठाइएको थियो । ‘सडक मार्ग जाउँ सडकभरि पहिरै पहिरो छ, हवाई मार्ग गाउँ मौसमले साथ दिएको छैन,’ बागलुङका प्रहरी उपरीक्षक (एसपी) चक्रबहादुर सिंहले भने, ‘भरियामार्फत पु¥याएको सामग्री हात्तीको मुखमा जिराजस्तै भएको छ ।’

जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, विभिन्न सामाजिक संघ÷संस्थाले सदरमुकाममा पीडितका लागि संकलन गरेको खाद्यान्न, लत्ताकपडा तथा नगदसमेत प्रभावित क्षेत्रमा पु¥याउन मुस्किल भएको छ ।

पहिरोले सबैभन्दा बढी अधिकारीचौर गाविसमा क्षति पु¥याएको छ । बोंगादोभान, भीमगिठे, ग्वालीचौर, दर्लिङ, राजकुत र बुर्तिवाङमा पनि पहिरोले घर बगाएको छ भने लाखौंको लगानीका लघुजलविद्युत् आयोजनाको पावर हाउस र मुहान पनि क्षतिग्रस्त छन् ।

पहिरोमा परी दर्लिङमा चार र राजकुतमा दुई गरी ६ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोका कारण जिल्लामा हालसम्म १ सय १६ घर पूर्ण रूपले क्षतिग्रस्त भएको प्रहरी उपरीक्षकसिंहले बताए ।

शनिबार मात्र नेपाली सेना, सशस्त्र प्रहरीले हेलिकोप्टरमार्फत अधिकारीचौर र बोंगादोभानका लागि केही राहत सामग्री पु¥याएको छ । अधिकारीचौरका लागि ३० बोरा चामल, चार बोरा चिउरालगायतका खाद्यसामग्री पु¥याइएको छ भने बोंगादोभानका लागि ३० बोरा चामल, चार बोरा चिउरा, ५० किलो दाल, तेललगायतका खाद्यान्न तथा लत्ताकपडा हेलिकोप्टरमार्फत पु¥याएर वितरण प्रयास जारी रहेको सुरक्षा अधिकारीलेबताएका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...