इजरायलका लागि राजदुत चयन डा. तुम्वाहाम्फे सहित १४ राजदूतको सिफारिस फिर्ता

Published Date: August 6, 2016

ए1न्ययूज नेपाल

simhaओली सरकारको वहिर्गमन संगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्ववर्ती सरकारको निर्णय उल्टाउन सुरु गरेको छ । प्रधानमन्त्रीको कार्यभार सम्हालेको दोस्रो दिनमै दाहाल नेतृत्वको सरकारले विभिन्न देशका लागि प्रस्तावित १४ राजदूतको सिफारिस फिर्ता लिई ओली सरकारको निर्णय उल्टाउने कामको थालनी गरेको हो । यससँगै इजरायलकोलागि चयन भएकी डा. शिवमाया तुम्बाहाम्फेको सिफारिस पनि दाहाल सरकारले फिर्ता गरेको छ । उनीसँगै सिफारिस फिर्ता हुने अन्यमा  एमाले नेता महेन्द्रबहादुर पाण्डे (चीन) डा. खड्गबहादुर केसी (जापान), डा. नारदनाथ भारद्वाज वाग्ले (श्रीलंका),  (इजरायल), अलि अख्तर मिकरानी (साउदी अरेबिया) र युवराज कार्की (गणतन्त्र कोरिया) रहेका छन् । त्यस्तै, माओवादीबाट सिफारिसमा परेका युवनाथ लम्साल (डेनमार्क), लक्की शेर्पा (अस्ट्रेलिया), प्रा.डा. महेन्द्रप्रसाद सिंह राजपुत (कतार) र पदम सुन्दास (बहराइन) को नाम पनि फिर्ता भएको छ । अन्य दलको सिफारिसमा परेका खगेन्द्र बस्न्यात (बंगलादेश), निरञ्जनकुमार थापा (म्यान्मार), शर्मिला पराजुली ढकाल (ओमान) र भरतबहादुर रायमाझी (संयुक्त अरब इमिरेट्स) को नाम पनि फिर्ता गरिएको छ । उनीहरू सबैको नाम शुक्रबारै सुनुवाइ गर्न नपर्ने निर्णय संसदीय सुनुवाइ विशेष समितिले गरेको छ ।

राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढिसकेको अवस्थामा दाहालले पूर्ववर्ती सरकारको निर्णय उल्टाएका हुन् । सिफारिस फिर्ता लिइएको राजदूतहरूको शुक्रबारबाटै सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी संसदीय समितिले गरेको थियो । सोही जानकारीका आधारमा शुक्रबारको मन्त्रिपरिषद् बैठकले ओली सरकारको निर्णय उल्टाउँदै १४ जना प्रस्तावित राजदूतको नाम सुनुवाइबाट फिर्ता लिने निर्णय गरेको हो । ओली नेतृत्वको अघिल्लो सरकारले विभिन्न देशका लागि सिफारिस गरेकामध्ये राजनीतिक दलको कोटाबाट चयन भएका उल्लेखित १४ राजदूतहरूको सिफारिस दाहाल सरकारले फिर्ता लिएको हो । प्रधानमन्त्री बनेपछि शुक्रबार बसेको दोस्रो मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिको सिफारिस फिर्ता लिने निर्णय गरेको थियो । दाहालले बिहीबार नै राजदूत सिफारिसको निर्णय उल्टाउने योजना बनाएका थिए । तर, प्रस्ताव नै तयार नभएका कारण शुक्रबारको बैठकबाट सो निर्णय गरिएको हो । ओली सरकारले सिफारिस गरेकामध्ये ८ राजदूतको नाम भने संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । सहसचिवबाट सिफारिस भएका सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झविन्द्रप्रसाद अर्याल, दुर्गाबहादुर क्षत्री र लोकबहादुर थापाको नाम फिर्ता नलिइएका कारण अनुमोदन भएको हो ।

माओवादीसमेत सहभागी ओली नेतृत्वको सरकारले गत ७ वैशाखको मन्त्रिपरिषद् बैठकले विभिन्न देशको राजदूतका लागि २२ जनाको नाम सिफारिस गरेको थियो ।

दाहाल सरकारले एमाले, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र अन्य दलबाट सिफारिस भएका राजदूत रोक्न सो निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी दल एमालेलाई पेलेर जाने नीतिअनुसार प्रधानमन्त्री दाहालले यो निर्णय लिएको दाहाल सरकारका एक मन्त्रीले बताए ।  ‘एमालेलाई पेलेर जाने नीति लिएको स्पष्ट संकेत दिइएको छ, ओली सरकारका अरू पनि थुप्रै निर्णय उल्टिन्छन्,’ मन्त्रीले भने   ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...