कन्चन अमात्य व्हाइट हाउसमा युवा तथा बालबालिकाको हितको लागि मनोनित

Published Date: August 2, 2016

– विजय थापा   

kanchanनेपाल पाटन घर भएकी हाल अमेरिकामा अध्ययनरत नेपाली कन्चन अमात्यले अमेरिकन कांग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त गरेकी छिन्  । उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न छनौट गरिएको हो। अमेरिकन  प्रतिनिधि सभामा उनले यस्तो जिम्मेबार पाएकी हुन्।

सानो उमेर देखि नै सफलताको खुट्किलो चढ्दै निरन्तर रुपमा कदम माथि कदम अगाडी बढाउदै गरेकी अमात्य काठमाडौँ सेन्ट मेरिज पढाई पश्च्यात नर्बेमा युनाईटेड वर्ल्ड  कलेज नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी हुन्। जसको माध्यमबाट उनले विश्वका सबै महादेश  नेपालको प्रतिनिधित्व गर्ने अवसर पाईन।   मेधावी छात्र भएकै कारण हाल ओक्लाहोमा बिश्व बिद्यालयमा युडब्लुसी डेविस छात्रवृति अन्तर्गत पूर्वस्नातक (अन्डर ग्रजुएट )तहमा अध्ययनरत छिन्।

कन्चनले आफुले यस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ तथा संस्थामा काम गर्ने मौका पाउदा अवसर नगुमाउने बताइन। कन्चन  आफ़ुलाई एसियाको वृद्धि तथा विकासमा पुनः परिभाषित गर्न निकै अभिरुचि भएको बताइन। उनले  यस्ता मानव परोपकार तथा मानव समुदायको लागि सेवा गर्ने अवसर पाएकोमा आफु गदगद भएको बताईन।

अमेरिका जस्तो देशमा अमेरिकन संसदमा समेत नेपालको युवा तथा बालबालिकाको हितको लागि काम गर्ने सुनौलो अवसर पाएकोमा आफु निकै उत्साहित भएको बताइन। उनले सारा नेपाल र नेपालीको शिर उच्च मात्र नभई युवावर्गलाई उत्प्रेरणा समेत हुने आफुलाई लागेको बताइन।

अमेरिकन कांग्रेस द्वारा शिक्षा सबैको लागि (एजुकेसन फरअल बिल )एचआर ४४८१ तथा शरणार्थी शिक्षा बिल (रिफ्युजी एजुकेसन बिल ) को लागि पारित गराउन पुरा कोसिस गर्नु हाम्रो मूल कर्तब्य रहेको अमात्यले भनिन। यसै गरि उनले गत बर्ष गर्ल्स काउन्ट एक्ट २०१५ युएस कांग्रेस बाट पारित गराउन ठुलो मदत गरिन जुन अहिले अमेरिकाको कानुन भएको छ।    यो कानुनले नेपाल जस्तो देशलाई यस्ले सुनिस्चित गराउने कन्चनले बताइन।

अमात्य क्लिन्टन फाउन्डेसनको परियोजनाको दीर्घकालिक माछा पालन कृषि फारम कि सह संस्थापक हुन् भने सयुक्त राष्ट्र संघमा युवा तथा बालबालिकाको पक्षमा सहभागिता समेत जनाएकी छिन्।  उनले गरेको मानव सेवाको लागि उनलाई बिल क्लिन्टन फाउन्डेसनले पुरस्कृत समेत गरेको छ।     यसै गरि राष्ट्रपति भवनमा व्हाइट हाउस को कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा वक्ताको रुपमा प्रस्तुति समेत गरि सकेकी छिन्।

राष्ट्र संघमा नेपालको प्रतिनिधित्व गर्ने सबै भन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् ।  अमात्य ग्लोबल च्याम्पियन फर वुमेनस इकोनोमिक इम्पावर मेन्ट ,सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण ,युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपाल कि अन्तर राष्ट्रिय निर्देशक ,रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो ,ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकि (डब्लुपीपीसी) सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार ,नेपाल ,शान्ति एज्नेट ,बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरि सकेकी छिन्।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...