एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च इजरायलको नेतृत्वमा तिर्थ गौतम

Published Date: August 22, 2016

एनआइ न्यूज, इजरायल

12992809_989326571148538_71557580_nकेही महिना अघि नेकपा एमालेको सिद्दान्तलाई आत्मसात गर्ने एमाले निकट इजरायलवासी नेपालीहरुलाई समेटेर गठन गरिएको एमाले निकट प्रवासी भातृ संगठन प्रवासी नेपाली मञ्च इजरायलले प्रथम अधिवेशन मार्फत विगत ८ बर्षदेखि रोजगारीका लागि इजरायलमा कार्यरत तिर्थ गौतमको अध्यक्षतामा ३१ सदस्यिय पूर्ण कार्यसमिती चयन गरेको छ ।

गत १२ अगस्त शुक्रवार इजरायलको तेलअभिव सि साइटमा आयोजना गरिएको मञ्चको प्रथम अधिवेशनमा रामशरण बानियाको संयोजकत्वमा गठित ३ सदस्यिय निर्वाचन मण्डलले गौतमको अध्यक्षतामा सर्व सम्मतीमा ३१ सदस्यिय कार्यसमिति चयन गरेको हो ।  जसको वरिष्ठ उपाध्यक्षमा झापाका जय ओडारी, उपाध्यक्षमा क्रमश : कृष्ण रायमाझी,(भोजपुर) राजु ढकाल(स्याङ्जा,) कमला राई ताप्लेजुङ)चयन भएका छन् । त्यसैगरी महासचिवमा सोमप्रसाद चाौलागाई,(मकवानपुर्), सचिवमा लक्ष्मी अनुरागी (काठमाण्डौ)चयन भएका छन् भने कोषाध्यक्षमा लक्ष्मीधर गौतम(गुल्मी) र सह–कोषाध्यक्षमा अनु तिम्ल्सिना (सिन्धुली) रहेका छन् । त्यस्तै अधिवेसनले महिला विभाग प्रमुखमा सुमित्रा आचार्य भण्डारी(नवलपरासी) र सांस्कृतिक विभागमा धर्म भण्डारी (वुटवल)लाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा क्रमश: बुद्धि पौडेल,गुल्मी अनु थापा केसी झापा, विष्णु सापकोटा, हरि उप्रेती झापा, दुर्गा विसी, पुष्प कार्की, पायल कटुवाल, राजु शिलवाल मोरङ,  रमेश रिजाल, नमराज भट्ट (पर्सा ), मीना चुँडाल(काठमाण्डौ) इन्दिरा केसी, बिमला नेपाली, शान्ति राई, खड्ग कार्की, मेनुका पनेरु, दुर्गा केसी र माला योन्जन रहेका छन् भने कार्यसमितिले अन्य ३ सदस्यको मनोनित गर्ने जनाइएको छ ।

13933548नेपाली राजदूतावास तेलअभिवकी  द्धितिय सचिव रोसन खनालको प्रमुख आतिथ्यता, दूतावासका सहचारी कमल कोईराला, एनआरएनए-एनसिसी  इजरायलका अध्यक्ष दीपक ओली, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रिय अध्यक्ष रामशरण बाँनियाको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा नयाँ शक्ति इजरायलका सचिव तेज श्रेष्ठ नमस्ते नेपाल हातेमालो अभियानका इजरायलका अध्यक्ष गणेश गीरी लगयात विभिन्न संघसंस्थाका प्रबुद्ध व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

‘राष्ट्रिय एकता आजको आवश्यकता, अनेकतामा एकता प्रवासी नेपालीहरुको प्रतिवद्दता” भन्ने मूल नाराका साथ गत १३ मई शुक्रवार इजरायलमा कार्यरत नेपालीहरुको सक्रियतामा  गठन गरिएको प्रवासी नेपाली मञ्च इजरायल नेकपा एमालेको प्रमुख सिद्दान्त जनताको बहुदलीय जनबाद, नेकपा एमालेको राजनितिक विचारलाई निरन्तरता दिदैं राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता तथा विश्वब्यापी मानवअधिकारको रक्षा गर्दै नेपाली समाजको पहिचान सुख दुख समस्या हकअधिकार लाई आवाजमा बुलन्द गर्ने बताए ।

14jj

 नव निर्वाचित अध्यक्ष तिर्थ गौतमले इजरायलबासी प्रवासी नेपालीहरुलार्इ एक ठाउँमा गोलबन्द बनाउने यहाँ रहेका नेपालीहरुको भलाईका लागि आवाज उठाउने, श्रमिकहरुको हकहितको रक्षा गर्दै उनिहरुमाथी हुने अन्याय, अत्याचार तथा थिचोमिचोका विरुद्ध आवाज वुलन्द गर्ने र नेपालीहरुमाथि आईपर्ने विभिन्न खालका समस्या समाधानमा पहल कदमी लिने लगायतका कार्यहरु आफ्नो कार्यकालको मुख्य उद्देश्य रहेको बताए ।

त्यस्तै नयाँ कार्य समिति चयन पश्चात बसेको कार्यसमितिको पहिलो बैठकले  संस्थाले गुल्मीका भूकम्प पीडितलाई २० हजार रुपैयाँ सहयोग गर्ने र नेकपा एमाले केन्द्रीय कार्यालयको भूकम्पपीडित सहयोग कोषमा २५ हजार रुपैयाँ सहयोग गर्ने पनि निर्णय गरेको ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...