एनआरएन इजरायलदावारा ‘हरितालिका तीज उत्सव २०७३’ सम्पूर्ण इजरायलवासी नेपालीहरुको साझा कार्यक्रम घोषणा

Published Date: August 22, 2016
एन आइ न्यूज इजरायल,
सम्पूर्ण नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारी गैर आावासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको आयोजना तथा इजरायलमा रहेका  अन्य १४ वटा संघ संस्थाहरुको सह आयोजनामा ऐतिहासिक रुपमा सम्पन्न हुन गइरहेको ‘हरितालिका तीज सांगितिक उत्सव २०७३’ को तयारी युद्दस्तरमा अगाडि वढेको आयोजकले जनाएका छन् ।
चर्चित लोक गायिका मुना थापा मगर, ख्यातिप्राप्त लोक गायक अमृत खाती,  भर्सलटाइल गायिका जुना प्रसाई र लोकप्रिय नेपाली टेलिभिजन च्यानल कान्तिपुर टेलिभिजनबाट प्रत्येक साता प्रसारण हुदै आइरहेको समसामयिक विषयवस्तुहरुमा आधारित हाँस्य व्यंग्यात्मक कार्यक्रम ‘ह्वाट द फ्लप’का प्रस्तोता तथा व्यंग्य कलाकार सन्दिप क्षेत्रीको वेजो़ड मनोरञ्जनात्मक प्रस्तुती रहने उक्त कार्यक्रममा उपस्थितिकोलागि कलाकारहरुले सम्पूर्ण इजरायलवासी नेपाली महिला दिदीवहिनी तथा दाजुभाईहरुमा हार्दिक आमन्त्रण गरेका छन् ।
इजरायली मेनपावर एजेन्सी याद-बेयादको प्रयोजन रहने उक्त कार्यक्रममा इजरायलका विभिन्न संघ-संस्थाहरु नेपाल मगर संघ इजरायल, रुपन्देही  सेवा समाज इजरायल,  अन्तराष्ट्रिय कलाकार मञ्च इजरायल शाखा , हिन्दु जागरण नेपाल अभियान इजरायल, बिश्व नेपाली साहित्य महासंघ  शाखा इजरायल, किरात राई यायोक्खा  नेपाल इजरायल, नारीका लागि नारी अक्षयकोष, श्री सत्य साइ केन्द्र इजरायल, झापाली सामाज इजरायल, सोसाईटी अफ हेल्पिंग हर्ट्स इन इजरायल, श्री कृष्ण प्रणामी गैर आवासीय  नेपाली युवा परिषद इजरायल, चितवन समाज इजरायल. प्रवासी नेपाली नागरिक समाज इजरायल, अन्तराष्ट्रिय  नेपाली कलाकार समाज इजरायल र पर्वत सेवा समाज नेपाल गरी कुल १४ वटा संघ संस्थाहरु  सह आयोजकका रुपमा रहेका छन् भने इजरायलबाट संचालित पहिलो नेपाली अनलाइन मिडिया  नेपाल इजरायल डट नेट संचार साझेदारको रुपमा रहेको छ  ।
गएका बर्षहरुमा तीज पर्वको अवसरमा आयोजना गरिने कार्यक्रमहरुमा अत्याधिक दिदिवहिनीहरुको चापलाई थेग्न नसक्ने गरी ल्याइएका कार्यक्रम हल र कमजोर व्यवस्थापनका कारण दर्शकवृन्दहरुले भोग्न परेको असुविधालाई मध्यनजर गरी  तेलअभिवको नजिकै रहेको तेलअभिव युनिभर्सिटी एक्युरिएमको (१३  140139सय भन्दा धेर दर्शकहरुको चापलाई सजिलै थेग्न सक्ने) अहिले सम्मकै सानदार हलमा आगामी २ सेप्टेम्वर बेलुकी ठिक ८ बजेदेखि समय निर्धारण गरिएको उक्त कार्यक्रम  रोजगारीको शिलशिलामा इजरायलमा रही विभिन्न जघन्य रोगहरुको शिकार भई अस्वस्थ वन्न पुगेका नेपालीहरुको सहयोगको लागि आयोजना गरिदै गरेको आयोजक एनआरएनए एनसिसी इजरायलले जनाएको छ । इजरायलको तनावपूर्ण कामको क्रममा अधिंकाश नेपालीहरु  विभिन्न किसिमका रोगहरुबाट पिडित भई रोजगार विहिन अवस्थामा अस्पताल र अपार्टमेन्टहरुमा बस्नुपर्दा आर्थिक अभावका कारण झेल्नु परेको पिडालाई मध्यनजर गर्दै उनीहरुको उपचारमा सहजता ल्याउन च्यारेटी संकलानार्थ उक्त कार्यक्रमको आयोजना गर्न लागिएको बताइएको छ ।
स्मरण रहोस् एनआरएनए इजरायलले संस्थाको कोषबाट गत मार्चदेखि रोजगारीकालागि इजरायलमा रहेकी क्यान्सर रोगबाट पिडित हिरा तामाङलाई मासिक ५०० शेकेल उपलव्ध गराउदै आइरहेको छ भने अन्य क्यान्सर पिडितहरुलाई पनि सहयोग गर्ने तयारी गरिरहेको बताएको छ ।


----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...