लोक गायिका राधिका हमाल लगायतका कलकारहरुको उपस्थितीमा तेलअभिवमा भव्य रुपमा तीज मनाउने तयारी

Published Date: August 22, 2016

एनआइ न्यूज इजरायल

Capture-13नेपाली नारीहरुको महान चाड तीजको पावन अवसरमा  नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको आयोजना तथा मातृभूमीकालागि पर्वत सेवा समाज इजरायलको सह आयोजना तथा बिभिन्न संघ संस्थाहरुको सहयोगमा हुन गइरहेको हरितालिका तीज साँझ २०१६ को तयारी तिब्र रुपमा अगाडि वढेको बताइएको छ ।

‘मनोरञ्जन परोपकार र लगानीको क्षेत्र पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान’ भन्ने मुल नाराका साथ सामाजिक कार्यमा लागि परेको नमस्ते नेपाल सामाजिक संस्थालाई स्थायित्व, दिगो र सामाजिक संस्थाको रुपमा स्थापित गराईराख्ने उद्देश्यका साथ संस्थाको आफ्नै केन्द्रिय भवन निमार्णाथ उक्त कार्यक्रमआयोजना गर्न लागिएको उक्त कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका राधिका हमाल, लोक गायिका जानकी तारमी मगर र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका भुपू अध्यक्ष एंवम लोक सम्राटको रुपमा परिचित गायक प्रजापती पराजुलीको वजनदार उपस्थितिमा स्थानिय कलाकारहरुको समेत उपस्थिती रहने बताइएको छ ।

आयोजक संस्थाले कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण संघ– संस्था तथा बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी तथा सम्पूर्ण इजरायलबासी दाजुभाई दिदि–बहिनिहरुमा अनुरोध गरेको छ ।

आगामी २ सेप्टेम्वर शुक्रवार तेलअभिवको नमाल २८ मा आयोजना गरिने उक्त कार्यक्रम नितान्त सामाजिक कार्यको लागि आयोजना गरिएकोले  कार्यक्रममा उपस्थित भई   कार्यक्रम सफल बनाइदिनु हुन आयोजकले सम्पूर्ण इजरायलवासी दिदिवहिनी तथा दाजुभाईमा हार्दिक अनुरोध गरेका छन् ।

साँझको ठिक ८ बजेदेखि शुरुवात हुने समय तय गरिएको उक्त कार्यक्रममा सहभागिता जनाउन आउने दर्शकहरुको सुविधालाई मध्यनजर गरी आयोजकले लेवन्स्की पार्कबाट कार्यक्रम स्थलसम्म निशुल्क यातायातको समेत व्यवस्था रहेको बताएका छन् ।

त्यस्तै आयोजकले कार्यक्रमको भोलिपल्च ३ सेप्टेम्वर बिहान १०ः०० बजेबाट २ः०० बजे सम्म लेवन्स्की पार्कमा सामूहिक दर खाने कार्यक्रमको समेत आयोजना गरेको बताएका छन्  ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...