कस्ता हलमा तीजको कार्यक्रम हुदैछन् इजरायलमा यसपाली ?

यस पटकका कार्यक्रमहरु किन विशेष ?

Published Date: August 26, 2016

एनआइ न्यूज इजरायल

2 copy copyनेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा इजरायलमा रहेका दिदीवहिनीहरुले आफू अनुकुल जम्मा भई तीजको दरखाने क्रम शुरु भएको छ ।  इजरायलको विभिन्न क्षेत्रहरुमा रहेका नेपाली दिदीवहिनीहरुले आफूलाई पाइपर्ने ठाउँमा जम्मा भई तीजको दर खाने र तीजको गीतमा नाचगान गर्ने क्रम जारी छ ।

यता करिव ६ महिना अघिदेखि  एसपालीको तीज इजरायलमा रहेका नेपालीहरुविच एकतावद्द रुपमा तीज महोत्सवको रुपमा मनाउने इजरायलमा रहेका संघसस्थाहरुको जोड कोसिसका वावजुध यस पटक पनि गएका बर्षहरु जस्तै अन्तत नेपालबाट राष्ट्रिय कलाकारहरुलाई आमन्त्रण गरी दुई वटा कार्यक्रमहरु आयोजना गरिने भएका छन् । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको आयोजना तथा इजरायलमा रहेका अन्य १४ वटा संघ संस्थाहरुको सह आयोजनामा इजरायलको तेलअभिव युनिभर्सिटी अकोडियममा २ सेप्टेम्वर साँझ ८ बजे ‘हरितालिका तीज सांगितिक उत्सव २०७३’ को आयोजना गरिने भएको छ भने नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको आयोजना तथा मातृभुमीकालागि पर्वत सेवा समाज इजरायलको सहआयोजनामा सोही दिन तेलअभिव नजिकै रहेको नमाल मार्ग २८ स्थित एक हलमा ‘हरितालिका तीज साँझ २०१६’ को आयोजना गरिने भएको छ ।

एनआरएनए इजरायलले कस्तो हलमा कार्यक्रमको आयोजना गर्दै छ ?

तेलअभिवको लेवन्स्की पार्कबाट करिव करिव १० मिनेटको गाडीको यात्राको दुरीमा रहेको तेलअभिव युनिभर्सिटीस्थित अकोडियम हल एउटा भव्य इभेन्ट हल हो । १२६६ जनाको  सिट क्षमता भएको उक्त हलको अघिल्तिर रहेका ६६ वटा सिट हटाई इजरायलवासी नेपाली दिदि वहिनीहरुलाई खुल्ला रुपमा नाचागानकोलागि स्टेज तयार गरिएको आयोजकले बताएका छन् । 5.1 Dolby Digital cinema surround sound  सिस्टम रहेको उक्त हलमा आयोजकले विगतका कार्यक्रमहरुमा हुदै आइरहेको म्यूजिक सिस्टमको समस्या, हल  व्यवस्थापन,  दर्शकदिर्घाको उचित व्यवस्थापन लगायतका विषयहरुमा यस पटक विशेष ध्यान दिइएको बताउदै कार्यक्रम हलमा लगाइएको Unique Advanced Air Conditioning System को एअर कन्डिसनमा दिदीवहिनीहरुले खुल्ला रुपमा स्वतन्त्र रुपमा नाचगान गर्न मिल्न सकिने हल भएकोले आयोजकले यस पाली दिदिवीनीहरुलाई बिगतका कार्यक्रमहरुमा हुने गरेका असुविधा झेल्न नपर्ने जिकिर गरेका छन् ।

एनआरएनए इजरायलले कार्यक्रम गर्दै गरेको हल

नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले कस्तो हलमा कार्यक्रमको आयोजना गर्दै छ ?

तेलअभिवको लेवन्स्की पार्कबाट करिव ७ देखि १० मिनेटको गाडीको यात्राको दुरीमा रहेको तेलअभिवको सिसाइड एरियामा पर्ने नमाल २८ स्थित उक्त हल करिव ७५० जना दर्शकहरुको सिट क्षमता भएको भव्य हल हो । हल भित्र पस्दा वित्तिकै विचमा स्टेज, माथि लटरम्म झुण्डाइएका म्युजिकल कलर लाइट्स जो म्यूजिकको तालसँगै दिशा परिवर्तन गर्ने गर्दछन् । हलमा छिर्दै वित्तिकै एउटा छुट्टै आनन्दमय संसारमा पुगेको आभास दिलाउने उक्त हल स्टेजमा भइरहेको पर्फेमेन्सलाई चारैतिकबाट हेर्न मिल्ने चतर्फी सराउन्डेड सिट सिस्टमको हल भएको आयोजकले बताएका छन् । 5.1 Dolby Digital ेदहल् System को म्युजिक व्यवस्थापन रहेको उक्त हलमा यस पालीको तीज कार्यक्रम विगतमा अन्य आयोजकहरुबाट हुने गरेका व्यवस्थापन कमी कमजोरीहरुलाई मध्यनजर गर्दै व्यवस्थापनमा विशेष ध्यान दिइने बताइएको छ ।

नमस्ते नेपाल हातेमालो सामाजले आयोजना गर्दै गरेको हलको दृष्य

यस पटकको कार्यक्रमहरु किन  विशेष ?

इजरायलमा भएका संघ संस्थाहरुविच एकतावद्द रुपमा एउटै स्टेजमा कार्यक्रमहरु हुन नसकेपनि यस पटक दुई वटा संस्थाहरुको आयोजनामा हुदै गरेका दुवै कार्यक्रमहरु विशेष छन् । दुवै तर्फ एक से एक हिट कलाकारहरुले पर्फमेन्स दिन गइरहेका छन् । कलाकारहरुको छनौट दुवै तर्फ इजरायलवासी दिदीवहिनीहरुको मागलाई सम्वोधन गर्ने लायक छ भन्दा फरक नपर्ला । आयोजकहरुले यस पटक  गएका बर्षहरुमा दिदिवहिनीहरुमाथि पर्न गएको असुविधालाई मध्यनजर गर्दै अलि महंगा इभेन्ट हलहरु लिएका छन् । दुवैतर्फका हलहरुको  कुल भाडा जोड्दा करिव ७५ हजार शेकेल भन्दा वढि यस पटक आयोजकहरुले हल भाडाकै लागि खर्चिएका छन् भने कलाकारहरुको पारिश्रमिक, उनीहरुको आवतजावत हवाई टिकट लगायतका खर्चहरुका कारण यस पटक इजरायलवासी दिदीवहिनीहरुको तीज अधिक महंगो पर्न जानेछ । दुवै आयोजकहरुले कार्यक्रमहरु सामाजिक सहयोगकालागि आयोजना गर्दैछन् । दर्शकदिर्घाको उत्साहजनक उपस्थितीले मात्र उनीहरुको सामाजिक सहयोग गर्ने उद्देश्ये पुरा हुने देखिन्छ । त्यसैले यस पाली हामी सम्पूर्ण इजरायलवासी दिदीवहिनी तथा दाजुभाईहरुमा यस बर्षको तीज आफ्नै राष्ट्रिय कलाकारहरुको उपस्थितीमा आयोजना गरिदै गरेका कार्यक्रमहरुमा सहभागिता जनाई अत्यन्तै हर्षोल्लासका साथ मनाउन हार्दिक अपिल गर्दै नेपाल इजरायल डट नेट परिवार हरितालिका तीजको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा हार्दिक मंगलमय शुभकाममा व्यक्त गर्दछौं ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...