सर्वोच्चले माग्यो लोकमानको सक्कल कागजपत्र

Published Date: August 28, 2016

sarbochha-adalatकाठमाडौं, १० भाद्र लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्त गर्दा भएको निर्णयको सक्कल कागजपत्र पेश गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ ।

न्यायाधीशहरु दीपक कार्की, विश्वम्भर श्रेष्ठ र इश्वर खतिवडाको संयुक्त इजलाशले शुक्रबार कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने निर्णयको कागज पेश गर्न सरकारलाई आदेश दिएको सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिनु भयो । त्यसैगरी कार्की मुख्यसचिव रहँदा सामान्य प्रशासन मन्त्रालयले सोधेको स्पष्टिकरणसमेत सँगै पेश गर्न सर्वोच्चले निर्देशन दिएको छ ।

कार्की अख्तियार प्रमुखमा नियुक्त हुन योग्य नभएको दावीसहित अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गर्नु भएको थियो । तत्कालीन शाही सरकारका मुख्य सचिव कार्कीले दोस्रो जनआन्दोलन दबाउन भूमिका खेलेको आरोप लाग्दै आएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...