कुरान जलाए मुस्लिमले दुःख पाए हिन्दुले
एजेन्सी, भारतसँग सीमा जोडिएको पाकिस्तानको घोटकी सहरमा अशोक कुमार आफ्नो झोला मिलाउँदै थिए । आफ्ना छिमेकी तथा सिन्ध प्रान्तमा अर्को हिन्दु जसरी नै उनी भारत जान तयारी गरिरहेका थिए ।
अशोक कुमारले भने, ‘मेरा चार छोरी छन्, म डराइरहेको छु कि एकदिन उनीहरूलाई अगवा गरेर जबर्जस्त मुसलमान बनाइनेछ । यसपछि उनीहरूको विवाह मुस्लिमसँग गरिदिइनेछ ।’
पछिल्ला केही वर्षदेखि यहाँ मुस्लिम र हिन्दु एकसाथ शान्तिपूर्वक बस्दै आएका थिए । यिनीहरूका भाषा, संस्कृति र परम्परा एउटै थियो । तर, कट्टरताले सबै खत्तम पारिदियो । कट्टरताको जरो यति गहिरो हुँदै गयो कि सबै साझा मूल्य बिग्रिए । शत्रुता बढ्दै गयो र सद्भाव खत्तम भयो ।
तनाव यसकारण भयो कि अशोक कुमार आफ्नै देश छोड्न विवश छन् । केही सातादेखि यहाँ तनावले चरम रूप लिएको छ । अशोकको सानो गाउँ द्वन्द्वको छायामा छ । जुलाइको अन्त्यमा यहाँ मुस्लिम उपाशक बिहानबिहानै मस्जिदमा नमाजका लागि भेला भएका थिए । यिनीहरूले त्यहाँ जलेको कुरानको पाना भेट्टाए ।
यस विषयमा दोषीको पहिचान तत्काल भइसकेको थियो । त्यस व्यक्तिको नाम उवेदुल्लाह थियो । ऊ हिन्दु थियो, जसलाई केही महिना पहिले इस्लाममा रूपान्तरण गरिएको थियो । भनिइँदै छ, ऊ लागूऔषधको कुलतबाट पीडित थियो र उसको मानसिक स्थिति ठीक थिएन ।
यस निन्दाको विषयमा प्रहरीले उबेदुल्लाहलाई पक्राउ ग¥यो, तर उसको हिन्दु पहिचान समाप्त भएको थिएन । ऊमाथि जुन आरोप तय गरियो, त्यो हिन्दु नाम अमर लालमाथि थियो । यो उनीहरूका लागि अकल्पनीय थियो कि कुनै मुस्लिम पनि यस प्रकारको अपराध गर्न सक्छ । यस्तोमा उसको अपराध हिन्दु पहिचानबाट अलग भएन । यो समाचार जंगलमा आगो जसरी फैलियो । यसलाई लिएर मुस्लिमको रिस बढ्यो ।
रातमा स्थानीय मस्जिदबाट माइकमा घोषणा गरियो । पसलहरू बन्द गरिए र ठूलो संख्यामा शत्रुताको भावनबाट ग्रस्त भीडले राष्ट्रिय राजमार्ग बन्द गरिदियो । यो देशको मुख्य मार्ग हो । यस बन्दका कारण भयानक रूपमा ट्राफिक जाम भयो । उनीहरूले हिन्दुले कुरान जलाएको बताए । भीड रेहार्की दरबारमा एउटा महŒवपूर्ण हिन्दु मन्दिरतर्फ बढ्यो । अनियन्त्रित भीडका हातमा धार्मिक झन्डा थिए । उनीहरू इस्लाम दुस्मनका विरुद्ध नारा लगाइरहेका थिए । हिन्दु डरका कारण आफ्ना घरमा लुकेका थिए । सुरक्षा टुकडी यिनीहरूको सुरक्षाका लागि पुग्यो, ताकि हिन्दुहरूका धार्मिक केन्द्रको सुरक्षा गर्न सकियोस् ।
हिंस्रक भीड त तितरबितर भयो, तर शत्रुता समाप्त भएन । रातमा दुई हतियारधारी मानिस मोटरसाइकलमा आए । यी दुवैले हिन्दु युवाको एउटा समूहमाथि खुला फायरिङ गरे । यसबाट १७ वर्षका सतीशकुमार मारिए, उनका साथी अविनास गम्भीर घाइते भए । डा. सेवा राम स्थानीय हिन्दु समुदायको संस्थाका अध्यक्ष हुन् ।
उनको दाबी छ, कुरान जलाइनु एउटा दुर्घटना थियो । रामले भने, ‘कुरान अगरबत्तीबाट जलेको थियो ।’ उनले हिन्दु नामबाट मुद्दा दर्ता गरेकामा प्रहरीमाथि कडा आपत्ति जनाए । उनले भने, ‘आन्दोलनका कारण भारचुँदी श्राइनमा निकै तनाव छ । रेहार्कीमा यो ठूलो इस्लामिक केन्द्र हो । श्राइन नेताको यस जिल्लामा राम्रो प्रभाव छ । यिनीहरूले जलेका कुरानका पाना एकत्रित गरेका थिए ।’ यसअघि श्राइनमा एउटी हिन्दु केटीलाई जबर्जस्त मुस्लिम बनाएको आरोप लगाएको नवभारत टाइम्सले जनाएको छ ।
मानिस भन्छन्, ‘यस इलाकामा भएको तनावका लागि श्राइन नेता नै जिम्मेवार छन् ।’ सबै हिन्दुलाई आफ्ना घरबार छोडाएर भगाउने यिनीहरूको प्रयास देखिन्छ । यद्यपि, श्राइनका नेताले यी अरोपलाई अस्वीकार गरेका छन् । श्राइनका एक संरक्षक मियाँ अब्दुल मलिकले कुरान जल्नु एउटा दुर्घटना हुनसक्ने कुरालाई स्वीकार गरेका छन् ।
तर, उनले दाबी गरेका छन् कि श्राइनले हिन्दुका विरुद्ध कुनै अभियान चलाइरहेको छैन । हिन्दु प्रहरीको आश्वासनबाट सन्तुष्ट छैनन् र उनीहरू भाग्ने योजना बनाइरहेका छन् । यहाँ करिब ७० लाख हिन्दु छन्, बढीजसो सिन्ध प्रान्तमा बस्छन् ।
पछिल्ला वर्षमा पाकिस्तानी हिन्दु भारत बसाइँ सर्ने क्रम बढेको छ । यिनीहरू हिन्दु बहुल देश भारतमा शरण चाहन्छन् । यद्यपि, अशोक कुमार हिन्दुस्तान आउन पनि त्यति खुसी छैनन् । अशोकले भने, ‘मलाई थाहा छ कि त्यहाँ पनि मेरो स्वागतका लागि कोही छैनन् । देश छोड्ने निर्णय ज्यादै कठिन छ, तर ज्यान बचेमा न सबै आफ्ना बाँच्छन् ।’ कुमारले आफ्नो सामु विकल्प थोरै भएको र भारतभन्दा राम्रो विकल्प अरू नभएको बताए ।
