विदेशस्थित नेपाली राजदूतावासको नाम अव अंग्रेजी छोटकरीमा नेपाली एम्बेसी लेखिने

Published Date: August 28, 2016

foreign affairsकाठमाडौं, भदौ १२ गते । विदेशस्थित नेपाली राजदूतावासको नाम अङ्ग्रेजी भाषामा एम्बेसी अफ नेपाल र छोटकरीमा नेपाली एम्बेसी लेखिने भएको छ ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयको आइतबारको मन्त्रीस्तरको निर्णयअनुसार यसअघि नेप्लिज एम्बेसी भनिने गरेकामा यसलाई नेपाली एम्बेसी सम्बोधन हुनेगरी निर्णय भएको हो ।

त्यसैगरी महावाणिज्य दूतावासको नाम अङ्ग्रेजी भाषामा कन्सुलेट जनरल अफ नेपाल र छोटकरीमा नेपाली कन्सुलेट जनरल सम्बोधन गरिने भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपाली शब्दलाई अन्तर्राष्ट्रियरुपमा थप परिचित गराउन र विदेशस्थित कूटनीतिक नियोग र दूतावासलाई गरिने सम्बोधनको भाषामा एकरुपता ल्याउन परराष्ट्रमन्त्री डा प्रकासशरण महतले यो निर्णय गर्नुभएको हो । रासस



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...