एनआरएनए एसिसी इजरायल मध्यपूर्व क्षेत्रिय समितिबाट हटी युरोपियन क्षेत्रिय समितिमा आवद्द हुदै

एनआरएन एसिसी इजरायल अध्यक्ष ओलीद्वारा एनआरएनलाई भरपर्दो छाता संगठनको रुपमा स्थापित गराउने प्रतिवद्दता

Published Date: August 9, 2016
एनआइ न्यूज इजरायल
copen5गत साता डेनमार्कको कोपनहेगनमा  सम्पन्न भएको गैर आबासिय नेपाली संघको ९ औ युरोपिएन   क्षेत्रीय भेलामा   भाग लिइ इजरायल फर्केनुभएका एनआरएन एनसिसी इजरायलका अध्यक्ष दिपक ओलीले एनआरएन इजरायलका गतिविधीहरु लगायतका  बिषयहरुमा प्रतिबेदन पेश गर्नुभएको छ ।  इजरायलमा कार्यरत सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै उक्त भेलामा सहभागिता जनाउनुभएका अध्यक्ष ओलीले आफू उक्त भेलामा इजरायलवासी नेपालीहरुको प्रतिनिधिको हैसियतले सहभागिता जनाउन पाउदा आफू गौरवान्तिवत भएको बताउनु भएको थियो ।
त्यस्तै ओलीको कोपनहेगन क्षेत्रीय भेलामा उपस्थिती सँगै हालसम्म मध्यपूर्व क्षेत्रीय समितीमा रहेको एनसिसी इजरायल मिडिलस्ट क्षेत्रिय समितिबाट हटी युरोपियन क्षेत्रिय समितीमा रहने भएको छ । आगामी २७ अगस्तदेखि अमेरिकाको न्युजर्सी मा हुन गइरहेको एनआरएन आइसिसीको  नबौ ग्लोबल कन्फेरेन्सले एनआरएन इजरायललाई यूरोपियन क्षेत्रमा दर्ज गराउने अध्यक्ष ओलीले नेपाल इजरायल डट नेटलाई जानकारी गराउनुभयो ।

अध्यक्ष ओलीले कोपनहेगन भेलामा पेश गर्नुभएको प्रतिवेदनमा –
– इजरायलमा एनआरएन  सचिबालय खोलेको साथै भैपरि आउने समस्याको लागि कोष खोलेर  तिस लाख ( ३० लाख ) जम्मा गरिएको ।
– गत वर्ष नेपालमा आएको आम – विनाशकारी भूकम्पपिडितको लागि ९ लाख ५४ हजार रुपैया नगद सहयोग गरिएको
– केहि महिना अगाडि अफगानीस्तानको काबुलमा आतंककारीको आक्रमणमा परि मृत्यु भएका नेपालीहरुको परिवारको सहयोगको लागि ७५ हजार एनआरएन केन्द्रिय कार्यलयमा जम्मा गरिएको ।
– इजरायलमा लामो समय देखि बिभिन्न रोग लागेर बिरामी भएका तथा शाररिक रुपले कमजोर भएर काम गर्न नसक्ने अबस्थाका नेपालिहरु हाल : दुइजना लाई  खर्च स्वरूप मासिक ५०० सेकेल उपलव्ध गराइदै आएको उल्लेख गरिएको छ ।
copen4प्रतिवेदन पेश गर्ने क्रममा अध्यक्ष ओलीले आफ्नो कार्यकालमा गैर आवासिय नेपालीहरुको लगानीलाई मातृभुमीको विकाशको लागि लगानी भित्र्याउन सकारात्मक  पहल गर्ने, एनआरएनको गरिमालाई अझ बढाउदै इजरायलमा एनआरएनलाई एउटा भरपर्दो छाता संगठनको रुपमा स्थापित गर्न भरपूर कोसिस गर्ने बताउनुभएको थियो ।

साथै बैदेशिक रोजगारीको लागि आकर्षक गन्तब्य मानिएको इजरायलमा सजिलै धेरै भन्दा धेरै नेपालीहरु कामको लागि आउने बाताबरण बनाउन बिभिन्न कोसिस जारि रहेको लगाएत अन्य कुराहरुमा प्रतिबेदन उल्लेख गरिएको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...