१७ सदस्यीय समिति सहित ‘ पर्वत सेवा समाज नेपाल शाखा इजरायल ‘ गठन

Published Date: September 1, 2016

14182319_1396077543739914_265713359_nदीपिका भुसाल ,  ईजरायल ।

एकता नै बल हो, एकजुट भई गरेको हरेक सत्प्रयासले सफलता पाउँछ भन्ने भावनाबाट अभिप्रेरित भई रोजगार, अध्ययन, व्यापार, व्यवसाय लगायतका सिलसिलामा देश विदेशमा रहि बसेका विभिन्न समाजसेवीहरूद्वारा स्थापित पर्वत सेवा समाज नेपालको विभिन्न देशमा शाखा विस्तार हुने क्रम चलेको छ । सोही क्रममा बुधवार इजरायलमामा पनि पर्वत सेवा समाज नेपालको इजरायल शाखा गठन गरिएको छ ।

सामाजसेवीको रुपमा राम्रो छवि बनाई आफ्नो जन्मथलो, मातृभूमि र राष्ट्रभमिमा रहेका विभिन्न किसिमका दिन, दुखी, असहायहरूलाई विभिन्न माध्यमबाट सहयोग गरी उत्थान गर्ने विशुद्ध भावनाबाट ओतप्रोत भएका व्यक्तिहरू द्वारा संगठित सस्थाका इजरायलमा रहेका आजिबन सदस्यहरुको अनलाइन भेलाले पर्वतमाला केसीको अध्यक्षतामा सल्लाहकार सहित १७ सदस्यीय समिति गठन गरिएको हो । सो नवगठित शाखाका उपाध्यक्ष हिमाली गुरुङ र राधा जोशी, चयन हुनु भएको छ भने महासचिव र सचिवमा क्रमश: जमुना गुरुङ र गणेश श्रेष्ठलाई चयन गरिएको छ ।

त्यसैगरी कोषाध्यक्षको जिम्मेवारी ईश्वरी केसीलाई दिइएको छ भने सह कोषाध्यक्षको जिम्मेवारी मिरा श्रेष्ठले सम्हाल्नु भएको छ । त्यसैगरी डिक कुमार गुरुङ, दीपिका भुसाल ,  भोजराज क्षेत्रि तथा  परशुराम भुसाललाई सल्लाहकार समितिमा राखिएको छ  भने  इजरायल शाखाका सदस्यहरूमा सारा गुरुङ, कुमारी गुरुङ, जितु गुरुङ, सावित्रा भुसाल र उजेली गुरुङ रहनु भएको छ ।

यस अघि पनि दक्षिण कोरियामा ईश्वर केसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति शाखा गठन गरिएको थियो । सो समाजले अब छिट्टै नै अन्य देशमा पनि साखा विस्तार गर्ने  योजना रहेको छ जनाएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...