नमस्ते नेपालद्वारा आयोजना गरिएको तीज कार्यक्रम भब्य रुपमा सम्पन्न

Published Date: September 6, 2016

एन आइ न्युज इजरायल ।

नेपाली नारिहरूको विशेष पर्व हरितालिका तीजको पावन अवसरमा  नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको आयोजना तथा मातृभूमीका लागि पर्वत सेवा समाज इजरायलको सह आयोजना तथा बिभिन्न संघ संस्थाहरुको सहयोगमा इजरायलमा रहेका नेपाली दिदीवहिनीहरुलाई आफ्नै गाउ घरको झल्को दिलाउने अभिप्रायले नेपालका चर्चित राष्ट्रिय कालाकहरुको उपस्थितीमा आयोजना गरिएको ‘हरितालिका तीज साँझ २०१६’ भब्यताका  साथ सम्पन्न भएको छ ।14215584_1285583021466838_1074831587_o

संस्थाको आफ्नै केन्द्रिय भवन निमार्णाथ आयोजना  गरिएको  उक्त कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका राधिका हमाल, लोक गायिका जानकी तारमी मगर र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका भुपू अध्यक्ष एंवम लोक सम्राटको रुपमा परिचित गायक प्रजापती पराजुलीको  दमदार प्रस्तुति तथा  स्थानिय कलाकारहरुको समेत उपस्थिती तथा उल्लेख्य मात्रामा नेपालीहरुको  उपस्थिती रहेको उक्त कार्यक्रम  निक्कै नै शान्त र सौहार्दपूर्ण बताबरणमा सम्पन्न भएको थियो  ।

 मातृभूमीका लागि पर्वत सेवा समाज इजरायलका  अध्यक्ष अनिरुद्र सुबेदीको सभापतित्व,  नेपाली राजदुतावासका  द्वितिय सचिब रोशन खनालको प्रमुख आथित्यता, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको केन्द्रीय अदक्ष्य रामशरण बानियाँ लोक सम्राटको रुपमा परिचित गायक प्रजापती पराजुलीको   बिशेष आथित्यता रहेको उक्त कार्यक्रममा इजरायलमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरु तथा समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।14215547_1285572311467909_975360530_o

नेपाली राष्ट्रिय गानको सुमधुर धुनसंगै प्रमुख अतिथि रोशन खनालद्वारा गाइएको तीजको गीतको दुइ हरफको  गुन्जन्संगै   सुरुवात गरिएको उक्त कार्यक्रममा सचिब खनालले   उपस्थित सम्पूर्ण नेपाली चेलीहरुलाई तिजको शुभकामना दिदै आगाडी बढाइएको थियो । कार्यक्रममा नेपालबाट  प्रस्तुति दिन आएका कलाकारहरु  चर्चित लोक तथा दोहोरी गायिका राधिका हमाल, लोक गायिका जानकी तारमी मगरले तिजको गीतले दर्शकहरुलाई खुबै नचाएको थियो भने उक्त कार्यक्रममा आउनुभएका राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका भुपू अध्यक्ष एंवम लोक सम्राटको रुपमा परिचित गायक प्रजापती पराजुलीको ठटटिलो पाराले दर्शकहरुलाई हसाउदै र नचाउदै दोस्रो चरणको कार्यक्रम संचालनका साथै आफ्नो दमदार प्रस्तुतिले थप मनोरञ्जन प्रदान गरेको थियो । साथै उक्त कार्यक्रममा स्थानीय कलाकारको तिज कोशेली र नृत्यले कार्यक्रमलाइ अझ रोचक बनाएको थियो  । 14256738_1285582784800195_6030748_n

 कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुदै हातेमालो सामजीक संस्थाका केन्द्रीय अद्क्ष्य रामशरण बानियाले     विदेशमा रहेर पनि नेपाली  महिलाहरुको पर्व तीजमा सम्पूर्ण इजरायलवासी नेपालीहरु उपस्थित भएर रम्ने तथा रमाउने मौका प्रदान गरेकोमा खुशी हुँदै उपस्थित सम्पुर्णलाइ स्वागत गर्दै  तीजको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तेलअभिबको नमाल-२८ स्थित एक हलमा सम्पन्न सो  कार्यक्रमको प्रारम्भमा हल अगाडि उपस्थित दिदीवहिनीहरुलाई नेपाली स्वादिस्ट खानाहरूको साथमा पारिवारिक वातावरणमा तीजको दर खुवाइएको थियो । दर खुवाउने कार्यक्रम सकिए लगत्तै औपचारिक कार्यक्रमको शुरुवात गरिएको थियो ।

साथै कार्यक्रमको अन्त्यमा उपस्थितहरुबाट संस्थाको परोपकारी तथा  प्रसंशनीय कार्यमा सहमति जनाउदै अन्य थप १६ जनाले आजीवन सदस्यता लियका थिए  ।

 रातिको करिब साढे २ बजे सम्म चलेको उक्त कार्यक्रमको पहिलो चरणको कार्यक्रम नमस्ते नेपाल हातेमालो सामाजिक संस्था साखा इजरायलकी माया खनाल र हातेमालो कै केन्द्रीय सदस्य इन्दिरा केसीद्वारा संचालन गरिएको थियो । 14218524_1285582831466857_294254654_n

14203444_1285582971466843_1073964834_o14281315_1285582968133510_1492419808_n



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...