अस्ट्रेलियाको जिलोङमा सामाजिक बिकृतिलाई निरुत्साहित गर्ने फरक पहिचान सहितको तीज

Published Date: September 7, 2016
प्रभा श्रेष्ठ,  जिलोङ, अस्ट्रेलिया  ।
captureअत्यन्तै सानो समुदाय भएरै पनि १ लाखभन्दा बढी सहभागीहरुको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुभाषिक एबं बहुसांस्कृतिक पर्ब पाको मार्फत नेपालको पहिचान दिने र फरक र प्रभाबकारी ढंगबाट बिभिन्न किसिमका चाड पर्ब मनाउँदै चर्चामा आउने गरेको जिलोङ शहरमा पहिलो पटक जिलोङ नेप्लिज एसोशियशनले एउटा फरक पहिचान सहितको तीज कार्यक्रम मनाएको छ ।9
चाडबाडको नाममा बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धाका कारण समाजमा बढ्दै गएको अनाबस्यक बिकृति आजकाल सबैतिर चासो र चिन्ताको बिषय बन्दै गएको छ । यही कुरालाई बिचार गरेर यस्ता किसिमका बिकृतिलाई निरुत्साहित पनि गर्ने र आफ्नो कला र संस्कृतिको जगेर्ना पनि गर्ने अभिप्रायले जिलोङमा आयोजना गरिएको तीज कार्यक्रममा भने सुन नमिसिएको रातो झुप्पा पोते लगाउने उस्बी ताउजले करन्जित्, नेपाली पोशाक लगाउने डिल्लीराज शर्मा र लिओन करन्जित र सरल पहिरन लगाउने सितु श्रेष्ठलाई प्रभा श्रेष्ठ, सलिना श्रेष्ठ क्षेत्री र ब्लु माउण्टेन इन्डियन रेस्रेन्टद्धारा प्रदान गरिएका बिशेष उपहारहरु प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रमको दिन बुवाको मुख हेर्ने दिन पनि परेकोले पुरुषहरुको लागि म्युजिकल चेयर र चम्चामा गुच्चा राखेर हिंड्ने खेल पनि खेलाइएको थियो।  साथै  ती खेलका बिजेताहरु क्रमश: सम्भब भट्टराई र नबिन सिंहलाई  रेणु कोइराला, दर्पणा घिमिरे र निशा अर्यालद्धारा प्रदान गरिएका उपहारहरु प्रदान गरिएको12 थिए ।
कार्यक्रमको अन्तमा कार्यक्रम सफल बनाउन बिभिन्न तवरबाट सहयोग गर्नु हुने सबैलाई संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रम ब्यबस्थित गर्न रेणु कोराला, दर्पणा घिमिरे र निशा आचार्य रहनु भएको मूल आयोजक समिति गठन गरी बिभिन्न उपसमितिहरु मार्फत काम भएको थियो । कार्यक्रमको उदघोषिकाको भूमिका दर्पणा घिमिरेले निर्बाह गर्नु भएको थियो ।


----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...