संङघीय गठबन्धन,इजरायलद्वारा असोज ३ लाई कालो दिनको रुपमा मनाउदै

विरोध कार्यक्रममा उपस्थितीको लागि हार्दिक आमन्त्रण

Published Date: September 11, 2016

एनआइन्यूज इजरायल

143संङघीय गठबन्धन,इजरायलले नयाँ संविधान जारी भएको  असोज ३ गतेलाई     ‘कालो दिन’ भन्दै सो दिन शान्तिपूर्ण विरोधका कार्यक्रमहरु गरी मनाउने भएको छ ।

गठवन्धनले सोही अनुरुप आगामी १६ सेप्टेम्वर शुक्रवार साँझ ५ बजे इजरायलको तेलअभिवस्थित लेवेन्स्की मार्ग ९९स्थित विल्डिङमा गठबन्धन संग सरोकारवाला संगठन,संघ र संस्थाहरु तमुवान, मगरात, तामसालिङ, किरात, लिम्बुवान, शेर्पा, नेवा, मधेस, थरूहट, खसान, शिल्पी स्वायत्त प्रदेशका इजरायलमा कार्यरत उत्पीडित श्रमजीवि आम पहिचान र संङ्घीयवादी न्यायप्रेमी सबै सुभेच्छक, समर्थन र सहयोगी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा उपस्तिथीको लागि हार्दिक आमन्त्रण गरेको छ ।

गठवन्धनले संविधान जारी गरेको मिति  असोज ३ गते  तदानुसार १९ सेप्टेम्बर २०१६ परेता पनि इजरायको कामको छुट्टीको अनुकुलतालाई मध्यनजर गर्दै, १६ सेप्टेम्बर २०१६ सुक्रबार कार्याक्रमको आयोजना गरिएको जानकारी गराएको छ ।

गठवन्धनले सार्वजनिक गरेको सुचनाको पूर्ण अंश :

हार्दिक निमन्त्रणा !!!

“संविधान यथासिघ्र संशोधन/पुनर्लेखन गर, हाम्रो शान्तिपूर्ण रास्ट्रिय मुक्ति आन्दोलन जारि छ” |

पहिचान र संङघीयतवादी उत्पीडित श्रमजीवि आम न्यायप्रेमी इजरायलवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक अपिल/आब्हान गर्दछौ | संङघीय गठबन्धन,इजरायलको आयोजनामा यहीं आउदो १६ सेप्टेम्बर २०१६ सुक्रबार तेअलभीको लेबानाह्युसकि स्टेड-९९ विल्डीङमा ठिक ५:०० बजे असोज ३ गते प्रतिगामी संविधान जारी गरेको कालो दिनलाई शान्तिपूर्ण विरोध कार्यक्रम गरि मनाउने भएको हुँदा उक्त शान्तिपूर्ण विरोध कार्यक्रममा संङघीय गठबन्धन संग सरोकारवाला संगठन,संघ र संस्थाहरु तमुवान, मगरात, तामसालिड०, किरात, लिम्बुवान, शेर्पा, नेवा, मधेस, थरूहट, खसान, शिल्पी स्वायत्त प्रदेशका इजरायलमा कार्यरत उत्पीडित श्रमजीवि आम पहिचान र संङ्घीयवादी न्यायप्रेमी सबै सुभेच्छक, समर्थन र सहयोगी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा उपस्तिथीको लागि हार्दिक अनुरोध /आग्रह /अपिलको साथै आब्हान गर्दछौ | नोट: असोज ३ गते ( १९ सेप्टेम्बर २०१६ ) तारिक परेता पनि प्रवासको कामको छुट्टीको अनुकुलतालाई मध्येनजर गर्दै, १६ सेप्टेम्बर २०१६ सुक्रबार कार्याक्रमको आयोजना गरिएको सबैमा अवगत गराऊदछौ |

आयोजक: संङघीय गठबन्धन,इजरायल |

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...