परराष्ट्रमन्त्री डा.महत सवार विमानको टायर ‘ब्रस्ट’ भयो,

news section

देश भित्र

भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको विमान अवतरण गर्ने क्रममा टायरमा गडबडी भएको छ ।

निगमको आर ए २०६ कलसाइन भएको विमान दिउँसो पौने १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टायर (ब्रस्ट)फुटेको बताइएको छ । अवतरण गरेर पहिलो नम्बरमा रहेको अल्फा ट्याक्सी–वेबाट पार्किङ–वेमा आउँदै गरेको बेला विमानको पछाडीको बायाँतर्फको एउटा पांग्रा काम नलाग्ने गरी फुटेको हो ।

विमान धावनमार्गमै रोकिएपछि अहिले उडान र अवतरण प्रभावित जनाइएको  छ ।

विमानमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत पनि थिए ।

लुम्बिनी नाम भएको सो विमानको यात्रु क्षमता १ सय ५८ जना रहेको छ । दिल्लीबाट क्याप्टेन विजय लामाले उडाएर ल्याएको यो विमान निगमले ०७२ बैशाख १८ गते जर्मनबाट ल्याएको दोस्रो एयरबसरहेको जनाइएको छ  ।