प्रवासी नेपाली नागरिक समाज इजरायलको नयाँ कार्यसमिति चयन

अध्यक्षमा श्रीकृष्ण भण्डारी महासचिवमा सुधिरवावु भट्ट

Published Date: September 17, 2016

एनआइ न्यूज इजरायल

dsc03300रोजगारी लगायत विभिन्न शिलसिलामा इजरायलमा रहेका नेपालीहरुले जहाँ रहेपनि जहाँ भएपनि एउटा सचेत नेपाली नागरिकले आफ्नो कर्तव्य र दायित्व जसरी सकिन्छ त्यसरी नै निर्वाह गर्नु पर्छ भन्ने अभिप्रायले “राष्ट्र, राष्ट्रियता, शान्ति र बिकासको खातिर स्थापना गरिएको प्रवासी नेपाली नागरिक समाज इजरायलले नयाँ  नेतृत्व ग्रहण गरेको छ ।
प्रवासी नेपाली नागरिक समाज इजरायलको गत १६ सेप्टेम्वर शुक्रवार सम्पन्न संस्थाको तेस्रो अधिवेशनले नागरिक समाजका संस्थापक उपाध्यक्ष श्रीकृष्ण भण्डारीको अध्यक्षतामा सर्वसम्मतीले १७ सदस्यिय नयाँ कार्यसमितिको चयन गरेको छ । जसको महिला उपाध्यक्षमा बेल कुमारी घिमिरे चयन भएकी छिन् भने उपाध्यक्षमा नेत्र केसी चयन भएका छन् । त्यस्तै महासचिवमा सुधिर वावु भट्टलाई चयन गरिएको छ । यसै गरी संस्थाको सचिवमा दुर्गा प्रकाश केसी, कोषाध्यक्षमा अंगिता भट्टराई, सह कोषाध्यक्षमा जानुका जिसीलाई चयन गरिएको छ भने सदस्यहरुमा क्रमश: होम वहादुर वोहोरा, रमा नेपाल, दिपक केसी, अम्विका पोखरेल,  सुधा बास्तोला, उपमा पुन, वोदीराम केसी, भरत केसी. इश्वरी भण्डारी र कल्पना चापागाई चयन भएका छन् ।

त्यस्तै संस्थाको संरक्षकमा संस्थापक अध्यक्ष नवराज खड्का रहेका छन् भने सल्लाहकारहरुमा प्रवासी नेपाली नागरिक समाज  इजरायलका संस्थापक महासचिव तथा एनआरएनए एनसिसी इजरायलका वरिष्ठ उपाध्यक्ष विशाल ज्ञवाली र प्रवासी नेपाली नागरिक समाज  इजरायलका संस्थापक सदस्य तथा एनआरएनए एनसिसी इजरायलका कोषाध्यक्ष तारा वहादुर काउचालाई चयन गरिएको छ ।
नागरिक समाज इजरायलका संस्थापक अध्यक्ष नवराज खड्काको सभापतित्वमा उल्लेख्य नेपाली नागरिकहरुको उपस्थितीमा इजरायलको तेलअभिवमा सम्पन्न उक्त अबिवेशनमा स्वागत मन्तव्य राख्नुहुदै प्रवासी नेपाली नागरिक समाज इजरायलका संस्थापक उपाध्यक्ष श्रीकृष्ण भण्डारीले प्रवासमा रहेर आफ्नो नागरिक उत्तरदायित्व कसरी पुरा गर्ने सकिन्छ भन्ने भावनाबाट ओतप्रोत इजरायलवासी जागरुक नेपाली नागरिकहरुको सामुहिक प्रयासबाट प्रवासी नेपाली नागरिक समाज इजरायलको स्थापना गरिएको बताउनुहुदै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।

त्यस्तै पहिलो चरणको कार्यक्रमको समापन गर्नुहदै कार्यक्रमका सभापती नवराज खड्काले इजरायलमा नागरिक समाज स्थापनाको औचित्य, नागरिक समाज स्थापनाका उद्देश्यहरु, इजरायलमा एनआरएनए एनसिसीको पुनर्जीवन र त्यसमा प्रवासी नेपाली नागरिक समाज इजरायलको भुमिका लगायतका विषयमा चर्चा गर्नुभएको थियो ।
नेपालीहरुको आफ्नै बाध्यता र विवशता अनि देशको परिस्थितले रोजगारको लागि बिदेशिनु परेको अबस्थामा पनि आफ्नो देश ,राष्ट्रियता, शान्ति र बिकासको लागि खवरदारी गर्ने, नेपाली कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने,  इजरायलमा रहेका नेपाली कामदारहरुलाई आई पर्ने समस्याहरुको समाधान गर्न सामुहिक प्रयत्न गर्ने र नेपाली राजदूतावास इजरायललाई आफ्ना नागरिकहरुसंग सरोकार भएका बिषयबस्तुहरुमा इजरायलमा रहेका नेपालीहरुको हीतमा सर्वसुलभ सेवा प्रदान गर्न अनुरोध र समन्वय गर्ने लगायतका उदेश्यहरुका साथ सन् २००९ अगस्त १६ मा नेपाली कामदारहरुको एक भेलाले इजरायलमा प्रवासी नेपाली नागरिक समाज (Migrant Nepali Civil Society Israel) इजरायलको स्थापना गरिएको थियो ।

के कसरी सक्रिय रहयो नागरिक समाज ?

प्रवासी नेपाली नागरिक समाज इजरायलले संस्थाको स्थापनाकाल संगै आइतवारको दिन बन्द रहँदै आएको इजरायल स्थित नेपाली राजदूतावास आइतवार खुल्ला गर्नु पर्ने सो दिन खुल्ला भए साप्ताहिक बिदामा निस्केका नेपाली कामदारलाई नेपाली राजदूतावासमा सेवा लिन जान सजिलो हुने र अन्य दिन बिदा मिलाएर दूतावास जान ज्यादै कठिन हुने भन्दै आइतवारको दिन दूतावास खुल्ला गरी पाउँ भनी १९ अगस्त २००९ मा नेपाली राजदूतावास इजरायलमा निबेदन पेश गर्दै एनआरएन इजरायल लगायत अन्य संघसंस्थाहरूबाट प्रतिनिधि माग गरी डेलिगेसन समेत गएको थियो । नयाँ बर्ष २०६७ को उपलक्ष्यमा नेपाली दूतावास र इजरायलका सबै नेपाली संघसंस्थालाई निम्तो गरी शुभकामना आदान-प्रदान गरेको प्रवासी नेपाली नागरिक समाजले सो कार्यक्रममा पनि दूतावासलाई सर्वसुलभ बनाउन र आइतवारको दिन दूतावास बन्द नगर्न दवाब सृजना गराएको थियो । प्रवासी नेपाली नागरिक समाजको उक्त माग सम्बोधन भई १८ जुलाई २०१० देखि आइतवार नेपाली राजदूतावास खुल्ला गर्नाले आइतवारको दिन नेपाली दूतावासमा कामको लागि नेपालीहरुको भिड हुने कुरा दूतावसासका अधिकारीहरु बताउँछन् भने आइतवार दूतावास खुल्नाले धेरै सजिलोसंग सुविधा लिन सकेको कुरा सरोकारवाला नेपालीहरुको स्पष्ट भनाई छ । सन् २०१० मा इजरायलको रोजगारी खुलाउने पहल गर्न इजरायल आएका तत्कालिन श्रम तथो रोजगार मंत्री मोहम्मद आफ्ताव आलमको टोलीलाई सुझाव सहितको ज्ञापन पत्र दिनुको साथै नागरिक संग सरोकार रहेका घट्ना क्रमहरुको बारेमा नेपाली राजदूतावास तेलभिवमा बेलाबखत बिरोध पत्र र ज्ञापन पत्र बुझाएको थियो  भने भारतीय पक्षले नेपाली सीमा मिची रहेको ज्यादती बिरुद्ध इजरायलस्थित भारतीय राजदूतावासमा बिरोध पत्र समेत बुझाएको थियो ।

इजरायलमा रहेका नेपाली कामदारको पिर मर्का र समस्याहरुमा यथासक्य सहयोगी बन्दै आएको प्रवासी नेपाली नागरिक समाजले नेपाली दूतावासको प्रत्यक्ष निगरानीमा स्वास्थ्य राहत कोष संचालन गर्ने प्रस्ताव राखे पनि नियम अनुसार नमिल्ने जवाफ दूतावासबाट पाए पछि त्यसमा सफलता पाउन नसकेको, हिब्रु भाषामा नेपालको परिचय दिने किताव छपाउन कोशिस गरेपनि प्राविधिक कठिनाईका कारण पुरा नभएको साथै नेपाल बन्द र आम हड्ताललाई निस्तेज गर्न इजरायलबाट आर्थिक कोष स्थापना गरिदिने र नेपालका नागरिक समाजले कार्यन्वयन गर्न पहल गर्ने भन्ने अभियानमा पनि नेपालबाट साथ दिन कोहि तयार नभएकोले प्रवासी नेपाली नागरिक समाज इजरायलले अर्को सफलता पाउन नसकेको कुरा निबर्तमान पदाधिकारीहरुको दुखेसो छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...