सप्तकोशीमा डुंगा पल्टियो, ३७ को सशुकल उद्धार, केही बेपत्ता भएको आशंका

Published Date: September 17, 2016

koshi-dungaसुनसरी, १ असोज, सुनसरीको सप्तकोशी नदीमा शनिबार दिउँसो डुंगा पल्टिएको छ । श्रीलंका टापुबाट प्रकाशपुर–५ राजावास आउँदै गरेको डुंगा पल्टिएको हो ।

डुंगामा ४५ जना यात्रु रहेको बताइएको छ । यो समाचार तयार पार्दासम्म ३७ जनालाई उद्धार गरिएको छ । उद्धार कार्य जारी छ । बाढी आएकाले उद्धारमा समस्या परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोषराज पौडेलले डुंगामा सवार व्यक्तिको यकिन तथ्यांक नभएपनि ३७ जनाको सकुशल उद्धार गरिएको बताए । उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र कोही घर फर्किसकेको उनले बताए । अहिले पनि उद्धार जारी राखेको प्रहरीले सप्तकोशीमा बाढी आएकाले उद्धारमा समस्या भएको जनाएको छ ।

प्रकाशपुरमा साप्ताहिक रुपमा लाग्ने हाट भर्नका लागि धेरै सर्वसाधारण एउटै डुंगामा चढेका थिए । कोसीको पूर्व भंगालोबाट दुई किलोमिटरको दूरीमा रहेको बस्तीलाई श्रीलंका टापु भनिन्छ । सो बस्तीको पश्चिमतर्फ भागलपुर खोला रहेको र सो बस्तीबाट पूर्व आउनलाई डुंगा चढ्नुको विकल्प छैन ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...