राजधानीका चारवटा स्कुल अगाडी प्रेसर कुकर बम भेटियो

Published Date: September 20, 2016

 काठमाडौं र ललितपुरका विभिन्न स्कुल अगाडि प्रेसर कुकर बम फेला परेका छन् ।

काठमाडौंको बौद्धस्थित राई स्कुल, दक्षिणढोकास्थित मनकामना स्कुल र डल्लुस्थित पन्चकन्या स्कुलमा एकाबिहानै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै ललितपुरको रेडियन्ट स्कुलमा पनि प्रेसरकुकर बम भेटिएको छ ।

बौद्धको आकाशदीप  र मनकामना स्कुलमा सिलिण्डर बम विस्फोट भएको प्रहरीले जनाएको छ। सिलिण्डर बम विस्फोट भएतापनि कुनै मानविय क्षति नभएको काठमाडौं प्रहरीले  जानकारी दिएको छ । आज बिहान बौद्ध ५, महाराजगज र डल्लुमा एक एक वटा गरी ७ वटा बम भेटिएको हो ।

शंकास्पद वस्तु भेटिएको स्थानमा योंङ कम्युनिष्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रको पर्चा भेटिएको छ ।

बम भेटिएको केही स्थानमा सेनाको बम डिस्पोजल टोली पुगेको छ भने केही स्थानमा जाँदै गरेको प्रहरीले जनाएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...