सांगीतिक क्षेत्रका एक उदयमान नश्रत्र हुन आधुनिक गायक सि डि विजय अधिकारी

Published Date: September 27, 2016

अविश अधिकारी, काठमाण्डौ ।

 14441030_1262017213839426_3180423396555132635_nपोखराको लाहाचोक वार्ड न ५ मा चन्द्रकान्त अधिकारी र दुर्गादेवी अधिकारीको कोखबाट पहिलो सन्तानका रुपमा जन्मीएका अधिकारी सानै उमेर देखी संगीतका औधी सौखीन थिए । नारायण गोपालको ”यति धेरै माया दिइ…मनभरी दुःख नदेऊ… ” बच्चापन देखीनै उनले गुनगुनाउने गीत हो ।
करिव १४/१५ वर्ष तिर होला म मेरो मामा घर जादा उनी संग भेट भएको थियो छेवैमा बजेको रेडियो संङगसङगै एउटा फुच्चेको आवाज मिसिएर गित बजिरहेको थियो त्यो कुन गित थियो मलाई ठ्याक्कै याद भएन । पछि पनि उनले गित गुनगुनाएका थिए उनका बुवाले त्यसैबेला भन्नु भएको थियो यतिबेला सम्झन्छु रेडियो एकै छिन छोड्दैन गित सुनेर हैरान । उनको प्रतिभा बारे मैले त्यसैबेला अड्कल काटीसकेको थिए । अवसर पाए राम्रो गायक बन्ने क्षमता मैले उनमा त्यसैबेला देखेको थियो । उनको आवाज असाध्यै मिठो थियो म उनकै छेउमा गएर अरु धेरै गीग गाउन लगाए र सुने जति सुन्यो उति सुनम सुनम लाग्ने स्वर मान्छे सानो तर स्वर तिखर र आनन्द लाग्ने थियो ।

समयले कता कता पू¥यायो म आफ्नै दैनिकी र व्यस्ततामा थिए त्यहि गाउले रेडियो संगै गित गुनगुनाउने फुच्चे संग अकस्मात भेट भयो यतिवेला त उनको नया पहिचान सहित आधुनिक गायक रुपमा चिर परिचित भैसकेका रहेछन । यतिवेलाका त उनी जल्दाबल्दा गायक रहेछन झण्डै सय ओटा भन्दा बढी गित रेकर्ड  भैसकेको रहेछ । अनी उनको सांगीतिक यात्राको बृतान्त नकोरी मनै मानेन । र मैले एक शब्द भए पनि उनको बारेमा लेख्न मा लाग्यो ।

संगीतका सौखिन उनलाई २०१२ मा भएको खोजी प्रतिभाको रियालिटी सो ले सांगीतिक ढोका नै खोली दियो उनले पहिलो पटक ”उस्तै आखा उस्तै भाका एउटै नाताका , साना ठुला छैनौ हामी एउटै जातका” भन्ने बाल गित रेर्कड गराए । सो गितको सफल्ता पछि उनलाई थुप्रै अवसरहरु आए सांगीतिक क्षेत्रमा प्रवेस गरेको ५ बर्षको अवधिमा नै उनले एक सय भन्दा बढी गित बजारमा ल्याईरहेका छन भने प्राय सवै चर्चाको शिखरमा नै छन दर्शक स्रोताले अत्यन्तै रुचाएको अझै युवा पूस्ताको त प्राण नै बनेको छ ”तिमी टाढा भएपछि…. नसा पिउने बानी भयो” जुन गित गायक अधिकारी स्वयमको पनी बेस्ट गित हो । सो गितको संगीत प्रेम सागर पौडेलले भरेका छन ।

माछापुच्छ्रेको काख अनी फेवातालको सिरानी पबित्र नदि सेती गण्डकी पारी मर्दीखोला अनी मौला र देउराली पातीखोला, फेदी समीबगर प्राकृतिक सुन्दरता नै सुन्दरताले भरीएको सुन्दर गाउमा जन्मीएर ज्ञान ज्योति बोर्डिङबाट आफ्नो अध्ययन  सुरु गरेका गायक अधिकारी आज सवैको प्रिय गायक रुपमा आफ्नो छुटटै छवि बनाएका छन ।

आधुनिक कायक सि डि विजय अधिकारीको हालै रेर्कड गरी बजारमा आउन लागेको गीत धेरै भयो घर छोडेको …..शब्द कुमार पौडेल संगीत÷गायन सि डि विजय अधिकारी रहेको छ उक्त गीत पनि श्रोताहरुको मन मुटुमा बास बस्ने गायक अधिकारीको आशा रहेको छ । संगीत संग संगै आफ्नो अध्ययनलाई पनी निरन्तरता दिन भ्याएका छन उनले हाल बिएसी तेस्रो बर्षको अध्ययन गरीरहेका छन ।   मनोरञ्जनका मात्रै होईन समाजमा सकरात्मक सन्देश दिन पनी सगित उत्तम रहेको उनको बुझाई छ ।
संगीतिक यात्राको छोटो अवधिमा नै सफल्ताका हासिल गरेका गायक अधिकारीले समसामयीक र सवैको मन जित्दै अझmै अगाडी बढ्न सकुन हामीले उनको स्वरलाई सम्मान गर्नु पर्छ साच्ची उनिमा नारायण गोपाल सगको तुलना गर्दा फरक पदैन यस्ता राष्ट्रिय सम्पतिलाई हृदय देखी मेरो शुभकामना

सि डि विजय अधिकारीका आधुनिक गीत सुन्नको लागी यहाँ क्लीक गर्नुहोस ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...