आईएस प्रमुख बग्दादीको हत्या प्रयास

खानामा विष मिसाइएको खुलासा

Published Date: October 5, 2016

bagdadiएजेन्सी/बगदाद– सन् २०१४ देखि इराक र सिरियाको ठूलो क्षेत्रलाई नियन्त्रणमा लिएर हिंसात्मक गतिविधि गरिरहेको इस्लामिक स्टेट (आईएस) का प्रमुख अबु बकर अल बगदादीको हत्या प्रयास भएको खुलासा भएको छ ।

बगदादी सहित तीन सहयोगी कमाण्डरको खानामा विष मिसाइएको खुलासा भएको हो । विषसहितको खाना खाएका कारण गम्भीर विरामी परेका उनलाई उपचारका लागि अज्ञात स्थलतर्फ लगिएको जनाइएको छ ।

तर, उनलाई उपचारका लागि कहाँ लगिएको हो भन्ने बारेमा केही खुल्न सकेको छैन । केही अरबी भाषाका र इरानी समाचार एजेन्सीका रिपोर्टमा इराकको निनेवाहको बेआज जिल्लामा खानामा बिष मिसाइएको जनाइएको छ ।

विषाक्त खानाका कारण उनीसहित चार कमाण्डरको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ । आईएसले खानामा विष मिसाउनेको अनुसन्धान कार्य पनि तीव्र पारेको छ । खानामा बिष मिसाइएको आशंकामा केही आईएसकै कार्यकर्तालाई पनि नियन्त्रणमा लिएको जनाइएको छ । उनीसँगै विरामी पर्ने अन्य कमाण्डरको परिचय खुलाइएको छैन ।

सन् २०११ मा अलकायदालाई विभाजन गरेर आईएस गठन गर्नमा बग्दादीको भूमिका महत्वपूर्ण रहेको मानिन्छ । उनको नेतृत्वमा गठन भएको आईएस सन् २०१४ सम्ममा इराक र सिरियाको ठूलो क्षेत्रमा फैलिएको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...