Loading...

गजल – (दशैं स्पेसल)

Published Date: October 6, 2016
Kalpanaदशैँ आयो फेरी कति खसी राँगा मर्छन कठै !
मानव रुपी दानवले आफ्नो पेट भर्छन कठै !

मासुको बिलो लाउँदा हानालुछी गर्दै  राक्षस
रक्सीको सितन बनाई मोजमस्ती गर्छन कठै !

कालीलाई खुशी पार्न बलि दिनु पर्छ भनि 
मैले ढाल्छु भन्दै पापी अघि अघि सर्छन कठै !

खरबारीमा संधै संगै चर्ने साथि हराउँदा
दायाँबायाँ खोज्दै बरै रुँदैरुँदै चर्छन कठै !

चाडवाडको निहुँमा ति  प्राणीको हत्या गर्दा
सृष्टि रच्ने प्राण दाता तिन छक्क पर्छन कठै !

 कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल


Recent Post
Recommendation
आजको भिडियो
Loading...